Logo
  • २०८३, असोज ३०गते
  • Oct 16 2026
images

चन्द्रागिरि नगर अस्पताल थानकोटमा भेन्टिलेटर सेवा सुरु हुने


सूचना कुण्ड
चन्द्रागिरि नगर अस्पताल थानकोटमा भेन्टिलेटर सेवा सुरु हुने

काठमाडौँ, पुस ४ : बागमती प्रदेशका मुख्यमन्त्री  बहादुर सिंह लामाद्वारा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट उपलब्ध भेन्टिलेटर उपकरण चन्द्रागिरि नगर अस्पताल थानकोटलाई नगर प्रमुख घनश्याम गिरी   मार्फत एक कार्यक्रमका बीच हस्तान्तरण गरिएको छ।

विसं २०७६ वैशाख २८ गतेदेखि चन्द्रागिरि–४ थानकोटामा सञ्चालित १५ शय्याको सो अस्पतालले प्रयोगशाला, २४सैँ घण्टा आकस्मिक सेवासहित बर्थिङ सेवा प्रदान गरिराखेको छ । साथै अस्पतालले पछिल्लो समय मुटु रोग जाँच, परिवार नियोजन सेवा, ज्येष्ठ नागरिक, विपन्न तथा अपाङ्गता भएकालाई निःशुल्क सेवा एवं मिर्गौलाका बिरामीका लागि डायलाइसिस सेवा सञ्चालनको तयारी गरेको छ । चन्द्रागिरि नगरपालिकाले नगरक्षेत्रमा सामुदायिक नर्स कार्यक्रम सञ्चालन गरिराखेको छ । यस कार्यक्रमबाट स्क्रिनिङ (मानसिक स्वास्थ्य, स्तन क्यान्सर, पाठेघरको मुखको क्यान्सर, पाँच वर्षमुनिका बालबालिकाको पोषणलगायत), परामर्श, गर्भवती, सुत्केरी घरभेट, स्वास्थ्य शिक्षा तथा जनचेतना सेवा प्रदान भइराखेको छ । 

मुख्य मन्त्रीबाट अस्पताल निरीक्षण तथा स्तरोन्नतिका विषयमा नगर प्रमुख  लगायत नगरपालिकाका अन्य पदाधिकारी संग छलफल पनि भएको छ। कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख गिरीले काठमाडौं भित्रीने मुख्य नाकामा रहेको र २४ सै घण्टा आकस्मिक सेवा सहित नगरपालिकाबाट संचालन देशकै पहिलो यस अस्पतालबाट नगरबासी मात्र नभई नजिकैका पालिका र साथै देशै भरिका नागरिकले पनि सेवा लिन सक्ने कुराको मुख्य मन्त्रीलाई जानकारी गराउनु भयो।

नगर प्रमुखले यस अस्पतालको स्तरोन्नति तथा संचालनका लागि बागमती प्रदेशबाट हुन सक्ने साथ र सहयोगको अपेक्षा पनि मुख्य मन्त्री समक्ष जाहेर गर्नुभयो। नगर प्रमुखले प्रदेश राजधानी जाने थानकोट - चित्लाङ् सडक खण्डको स्तरोन्नतिमा भएको ढिला सुस्ति र यस सडक खण्डको महत्त्वका विषयमा पनि मुख्य मन्त्री को ध्यानाकर्षण गराउनु भयो। मुख्य मन्त्रीले यसै अस्पताल परिसरमा बन्दै गरेको १५ सैयाको अस्पताल र निकट भविष्यमा जर्मन सरकारको सहयोगमा निर्माण हुन लागेको परोपकार प्रसुती अस्पतालको बारेमा पनि जानकारी लिनु भयो। मुख्य मन्त्रीले यस अस्पतालको स्तरोन्नति तथा थानकोट - चित्लाङ सडक खण्डको बारेमा विशेष पहल गरिने कुराको प्रतिबद्धता पनि व्यक्त गर्नु भयो।


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend