Logo
  • २०८३, असोज ३०गते
  • Oct 16 2026
images

कफी खेतीमा युवावर्गलाई आकर्षित गर्नुपर्छ : मन्त्री अधिकारी


सूचना कुण्ड
कफी खेतीमा युवावर्गलाई आकर्षित गर्नुपर्छ : मन्त्री अधिकारी

काठमाडौँ, मङ्सिर ७ : कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले कफी खेतीमा युवा वर्गलाई आकर्षण गर्ने गरि नयाँ योजना , अनुदान र प्रोत्साहनका कार्यक्रम ल्याउन तथा नीतिगत सुधारका लागि गृहकार्य गर्न राष्ट्रिय चिया तथा कफी विकास बोर्डलाई निर्देशन दिनुभएको छ । २०औँ राष्ट्रिय कफी दिवसका अवसरमा आज किर्तिपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री अधिकारीले नेपालको भौगोलिक अवस्था, माटो, र जलवायु अर्गानिक कफीको उत्पादनका लागि अत्यन्तै उपयुक्त रहेको भन्दै उत्पादन र उत्पादकत्वमा अझै पनि व्यापक सुधार गर्ने आवश्यक रहेको र यसका लागि सार्वजनिक नीजि साझेदारी, साथै, कफी मूल्य श्रृङ्खलाका सबै चरणहरूमा संलग्न व्यक्तिहरू, कृषक, प्रशोधनकर्ता, व्यवसायी र उपभोक्ताहरूबीच समन्वय र सहकार्य आवश्यक छ - भन्नुभयो । मन्त्री अधिकारीले स्वदेश तथा विदेशमा उच्च माग रहेको नेपाली कफीको व्यावसायिक उत्पादनमा थप लगानी गर्न निजि क्षेत्रलाई आग्रह समेत गर्नुभयो । उहाँले मन्त्रालयले कफी क्षेत्रको विकास तथा बिस्तारका लागि उपयुक्त निति तथा कार्यक्रम ल्याउने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो । नेपालको कफी क्षेत्रले यो २० वर्षको अवधिमा अनेकन आरोह अवरोहहरूको सामना गर्नुपरेको भन्दै हाल कफी बजार सुनिश्चित भएको कृषि उपजको रूपमा स्थापित भएको छ - मन्त्री अधिकारीले भन्नुभयो । उहाँले कफी ३० हजार भन्दा बढी नेपाली किसानहरूको आय आर्जनको स्रोत बनेको र हजारौँले कफी उद्योग तथा क्याफे हाउसहरूमा रोजगारी समेत पाइरह्नु नेपाली कफी क्षेत्रको लागि गौरवको बिषय बनेको उल्लेख गर्नुभयो ।


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend