Logo
  • २०८३, असोज ३०गते
  • Oct 16 2026
images

धुनेवेशीको धर्मकाटाको डिजिटलाइजेशन 


सूचना कुण्ड
धुनेवेशीको धर्मकाटाको डिजिटलाइजेशन 

 

काठमाडौँ, मसिर ४ ः धादिङको धुनिवेशी नगरपालिका धार्केमा धर्मकाटाको डिजिटलाइजेशन गरिएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल, धुनिबेशी नगरपालिकाका मेयर बालकृष्ण आचार्य र नेपाल ट्रक यातायात व्यवसायी महासघका अध्यक्ष हिरालाल श्रेष्ठले आज संयुक्त रुपमा  धार्केको धर्मकाटाको डिजिटलाइजेशनको औपचारिक शुभारम्भ गर्नुभयो ।

नेपाल ट्रक यातायात व्यवसायी महासंघको व्यवस्थापनमा रहेको सो धर्मकाटाको डिजिटल रूपान्तरणले ओभरलोड नियन्त्रणमा मद्दत पुग्ने विश्वास लिइएको  छ । सो अवसरमा मन्त्री दाहालले ४९ टनभन्दा बढी भार बोक्न नपाउने नियमलाई कडाईका साथ कार्यान्वयनमा ल्याइने जानकारी दिनुभयो । उहाँले सडकको भारक्षमता भन्दा बढी भारबोक्ने ट्रक यातायातलाई कारवाही समेत गरिने बताउनुभयो । 


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend