Logo
  • २०८३, कात्तिक १गते
  • Oct 17 2026
images

नेपाल परिवार नियोजन सङ्घको केन्द्रीय अध्यक्ष पदमा चितवनका डा राजेन्द्रबहादुर श्रेष्ठ निर्वाचित


सूचना कुण्ड
नेपाल परिवार  नियोजन सङ्घको केन्द्रीय अध्यक्ष पदमा चितवनका डा राजेन्द्रबहादुर  श्रेष्ठ निर्वाचित

बागलुङ  मङ्सिर २ :   नेपाल परिवार नियोजन संघको केन्द्रीय अध्यक्षमा चितवनका राजेन्द्रबहादुर श्रेष्ठ निर्वाचित भएका छन । संघको बागलुङमा सम्पन्न ४२ औं केन्द्रीय सभाले श्रेष्ठको नेतृत्वमा ११ सदस्यीय समिति निर्वाचित गरेको हो ।

बागलुङबजारमा सम्पन्न ४२औँ केन्द्रीय सभामा अध्यक्ष पदमा चारजना प्रतिस्पर्धा रहेका थिए । अधिवेशनमा देशभरका २७ शाखाका प्रतिनिधि र पर्यवक्षेकहरूको सहभागिता रहेको थियो । 

अध्यक्षको उमेदवारी दिएका चार जना मध्ये निरन्जन प्रसाद श्रेष्ठ र राजेन्द्रबहादुर श्रेष्ठको मत बराबरी भएपछि गोलाप्रथाबाट राजेन्द्र अध्यक्षमा निर्वाचित भएका हुन्। बराबरी भएका अध्यक्षका उम्मेदवारद्धयले १०-१० मत प्राप्त गरेका थिए  भने अध्यक्षका अर्को उम्मेदवार मनोज कुमार उप्रेतीले ५ मत र डा किरण रेग्मीले २ मत प्राप्त गरेका थिए। संघको केन्द्रीय कोषाध्यक्षमा बागलुङका निर्माणकुमार श्रेष्ठ, बासु निर्वाचिन भएका छन् । उनी बागलुङ शाखाका शाखाका अध्यक्ष समेत हुन् । बासुका निकटतम प्रतिस्पर्धी जनकराज जोशीले १० मत र अर्का उम्मेदवार सुरेन्द्र बस्नेतले ५ मत प्राप्त गरेको निर्वाचत अधिकृत भुमिश्वर गौतमले जानकारी दिए। 

 

अन्य सदस्य पदमा निर्विरोध भएता पनि महिला तर्फको केन्द्रिय सदस्यमा पनि निर्वाचन भएको थियो । महिला तर्फको केन्द्रिय सदस्यमा कमला सापकोटा र राधिका गुरुङ निर्वाचित भए । सापकोटाले २० मत प्राप्त गरेकी छन भने गुरुङले १६ मत प्राप्त गरेकी थिईन । महिला सदस्यकै अर्का उम्मेदवार नितु बस्नेतले १४ मत प्राप्त गरेर पराजय बेहोर्नु पर्‍यो। 

संघको युवा सदस्य तर्फ प्रमिला खड्का र भागिरथी भट्ट निर्विरोध निर्वाचित भएका छन् । त्यस्तै यौनिक तथा अल्पसंख्यक क्षेत्रबाट संजिया श्रेष्ठ, कानूनीक्षेत्रबाट चन्द्रमाया श्रेष्ठ, अर्थ सदस्य गजेन्द्रदेव लेखक र यौन तथा प्रजनन् स्वास्थ्य सदस्य दिनेशमान सिंह प्रधान पनि निर्विरोध निर्वाचित भएको निर्वाचन  अधिकृत गौतमले बताए। 

केन्द्रीय सभा उद्घाटन गर्दै केन्द्रीय अध्यक्ष हिमालयलाल कसजुले नेपालको महिला स्वास्थ्य तथा सुरक्षित गर्भपतनको इतिहासमा परिवार नियोजनसंघले अग्रणी भूमीका खेलेको बताए । नेपालमा अन्य संस्थाले सुरक्षित सेवा दिन नसकेको बेला संघले दिएको भूमिकाबाट सिकेर अझै आधुनिक सेवामा पनि साथ दिनुपर्ने बताए । त्यसका लागि आगामी नेतृत्वले योजना ल्याउने बेला भएको समेत बताए। 

कार्यक्रममा बागमती प्रदेश सभाकी सदस्य गीता गुरुङ, पूर्व केन्द्रीय सदस्य प्रविण शाक्य, योगेन्द्र कमाचार्य लगायतले मन्तव्य राखेका थिए । केन्द्रीय अध्यक्ष हिमालयलाल कसजुको अध्यक्षता, महासचिव अर्जुन सिग्देलको संचालन र बागलुङ शाखाका अध्यक्ष निर्माणकुमार श्रेष्ठको स्वागतमा सम्पन्न कार्यक्रममा महासचिव सिग्देशलले प्रगती प्रतिवेदन र कोषाध्यक्ष ज्योती श्रेष्ठले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए।


प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
ट्रेन्डिङ
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend