काठमाडौँ, कात्तिक २९ ः चन्द्रागिरि नगरपालिका अन्तर्गतका सामुदायिक बिद्यालयहरुमा बिशेष दिवा खाजा सेवा कार्यक्रम संचालन भएको छ। हाल २३ सामुदायिक बिधालयहरु मध्ये १५ वटा बिद्यालयहरुमा उक्त कार्यक्रम संचालन भएको छ भने बाकी बिद्यालयहरुमा पनि उक्त कार्यक्रम क्रमशः संचालन हुनेछ।
बाल बिकास कक्षा देखि कक्षा ५ सम्मका २८४२ जना विधार्थीहरु उक्त कार्यक्रमबाट प्रत्यक्ष लाभान्वित हुने भएका छन्। नेपाल सरकारले प्रति विधार्थी रु १५/- प्रदान गर्दै आएकोमा नगरपालिकाको विशेष पहलमा चाइना फाउण्डेसनले थप रु ५०/- सहयोग गर्ने गरि नगरपालिका र फाउण्डेसन बीच सम्झौता भएको छ।
हाल ३ बर्षको लागि सम्झौता भएकोमा थप बिद्यालय र थप समयको लागि कार्यक्रम विस्तार हुने प्राबधान उक्त सम्झौतामा रहेको छ।
