Logo
  • २०८३, कात्तिक १गते
  • Oct 17 2026
images

धार्के –सीतापाइला सडक स्तरोन्नती हुदैं : १५ दिन वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध


सूचना कुण्ड
धार्के –सीतापाइला सडक स्तरोन्नती हुदैं : १५ दिन वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध

काठमाडौँ ,कार्तिक २२ : जिल्ला प्रशासन कार्यालय धादिङले धार्के – सीतापाइला सडक स्तरोन्नती हुन लागेकाले वैकल्पिक मार्ग प्रयोग गर्नका लागि सम्वन्धित सरोकारवाला निकायहरुलाई अनुरोध गरेको छ । २०८१ साल कार्तिक २३ गतेदेख १५ दिनका लागि धार्के–सीतापाइला सडक धादिङ जिल्ला खण्ड (धार्के–ठूलोखोला सडक खण्ड ) अन्तर्गत सडक कालोपत्रे गरी स्तरोन्नती कार्य गर्न लागिएकाले १५ दिनसम्म उक्त सडक खण्डमा एम्बुलेन्स, सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधान र हलुका सवारी साधन (चार पाङ्ग्रे) बाहेकका सबै प्रकारका सवारी साधनहरुलाई पूर्ण रुपमा रोकिने भएकाले वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरिएको छ । 


प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
ट्रेन्डिङ
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend