Logo
  • २०८३, असोज ३०गते
  • Oct 16 2026
images

‘द भेजिटेरियन’ किताबकी लेखक हान काङलाई साहित्य विधाको नोबेल पुरस्कार


सूचना कुण्ड
‘द भेजिटेरियन’ किताबकी   लेखक हान काङलाई साहित्य विधाको नोबेल पुरस्कार

असोज,  असोज २५ःदक्षिण कोरियाली लेखक हान काङले साहित्य विधामा नोबेल पुरस्कार पाएकी छन्। ‘द भेजिटेरियन’ किताबकी लेखक उनी नोबेल पुरस्कार जित्ने दक्षिण कोरियाकै पहिलो लेखक बनेकी छन्। 

नोबेल पुरस्कार दिने स्वीडिस एकेडेमीका सेक्रेटरी म्याट्स माल्मले पत्रकार सम्मेलनमा इतिहासका चोटहरूलाई सामना गर्ने र मानव जीवनको नाजुकतालाई उजागर गर्ने काङको काव्यात्मक गद्यका लागि पुरस्कारबाट सम्मान गरिएको बताए।द भेजिटेरियन किताब सन् २००७ मा कोरियामा प्रकाशित भएको थियो। उक्त किताब सन् २०१६ मा अंग्रेजीमा अनुवाद गरेपछि इन्टरनेसनल बुकर प्राइज जितेको थियो। 

नोबेल पुरस्कार विजेता सन् १९७० मा दक्षिण कोरियाको ग्वाङजुमा जन्मिएकी थिइन्। उनका बुवा पनि उपन्यासकार थिए। उनको पारिवारिक पृष्ठभूमि आर्थिक हिसाबले कमजोर रहेको न्यू योर्क टाइम्स समाचारले लेखेको छ।उनले कोरियाको योनसेइ विश्वविद्यालयमा साहित्य पढेकी थिइन्। उनको पहिलो प्रकाशन कविता संग्रह थियो। उनले सन् १९९८ मा पहिलो उपन्यास ‘ब्ल्याक डियर’ प्रकाशन गरेकी थिइन्।


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend