Logo
  • २०८३, असोज ३०गते
  • Oct 16 2026
images

विद्यालयमा विपत् व्यवस्थापनका लागि प्रति प्रदेश   दुई करोड र  स्थानीय तहहरूलाइ ६ देखि ४लाख सम्म बित्त ब्यबस्थापन 


सूचना कुण्ड
विद्यालयमा विपत् व्यवस्थापनका लागि प्रति प्रदेश   दुई करोड र  स्थानीय तहहरूलाइ ६ देखि ४लाख सम्म बित्त ब्यबस्थापन 

काठमाडौं,असोज २२, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा मंगलबार  विषयगत समितिको बैठक सम्पन्न भएको छ । हालै आएको बाढी पहिरोबाट  विद्यालय र शिक्षा क्षेत्रमा पुगेको क्षतिको जानकारी, तत्काल राहत तथा पूनर्स्थापना  र भावी योजनाका बारेमा तीनै तहका सरकारबिच छलफल सहित  क्षतिको लेखाजोखा र समन्वय कार्ययोजना योजना बनाउन बैठक आयोजना भएको  हो ।  

बैठकमा  शिक्षा बिज्ञान तथा प्रबिधि मन्त्री बिद्या भट्टराईले  विपदमा सबै तहका सरकार र जिम्मेवार निकाय तथा व्यक्तिहरूले निस्वार्थ भावले मानवीय संवेदनशीलतालाइ ख्याल राखी कार्य सम्पादन गर्न आग्रह गर्नुभयो ।

भट्टराईले  विद्यालयलाई विपत् व्यवस्थापनका लागि शैक्षिक कार्यक्रम शीर्षकमा प्रति प्रदेश दुई करोडका दरले वित्तीय सहयोग हस्तान्तरण  गरिएको, आपत्‌कालीन योजना र सिकाइ सामग्रीमा अनुदान दिइएको र योजना  कार्यान्वयनका लागि महानगरपालिकामा छ लाख, उपमहानगर‌पालिका र नगरपालिकालाई  ५ लाख र गाँउपालिकालाई  ४ लाखका दरले बजेट  व्यवस्थापन गरिएको उल्लेख गर्नुभयो । 

शिक्षा  बिज्ञान तथा प्रबिधि मन्त्री विद्या भट्टराईको  अध्यक्षतामा सम्पन्न  भर्चुअल बैठकमा प्रदेश सरकारहरूका शिक्षा हेर्ने मन्त्रालयका मन्त्री, मन्त्रालयका सचिव, बाढि  प्रभाबीत स्थानीय तह‌का प्रमुख तथा शिक्षा शाखा प्रमुख , विश्वविद्यालय अनुदान आयोगका सदस्य सचिव, विभागीय प्रमुख, सहसचिव लगायतको सहभागिता थियो । 

बैठकमा जोखिम मूल्याङ्‌कन, शैक्षिक सामग्री व्यवस्थापन, अस्थायी सिकाइ केन्द्र निर्माण, खानेपानी, शोचालय र खेल मैदान व्यवस्थापन, मनोसामाजिक परामर्श तथा स्रोत व्यवस्थापनका विषयमा पनि छलफल भएको थियो ।


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend