Logo
  • २०८३, असोज ३०गते
  • Oct 16 2026
images

२६९०.७२ विन्दुमा नेप्से, सात अर्ब बढीको सेयर किनबेच : सोमबार चन्द्रागिरी हिल्सको सर्वाधिक कारोबार


सूचना कुण्ड
२६९०.७२ विन्दुमा नेप्से, सात अर्ब बढीको सेयर किनबेच : सोमबार चन्द्रागिरी हिल्सको सर्वाधिक कारोबार

काठमाडौं ,असोज २१ ः धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक सोमबार ३७.१३ अंकले बढेको छ । नेप्से परिसूचकसँगै कारोबार रकममा पनि वृद्धि भएको छ । यस दिन नेप्से परिसूचक १.३९ प्रतिशतले बढेर २६९०.७२ विन्दुमा बन्द भएको छ ।

सोमबार सात अर्ब नौ करोड ५९ लाख रुपैयाँको सेयर कारोबार भएको छ । आइतबार ६ अर्ब १३ करोड रुपैयाँको सेयर कारोबार भएको थियो । आइतबारको तुलनामा कारोबार रकम ९८ करोड ७७ लाख रुपैयाँले वृद्धि भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।

१७७ कम्पनीको सेयर मूल्य बढेको छ । ६६ कम्पनीको सेयर मूल्य घटेको छ । विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयर मूल्य स्थिर छ ।

कारोबारमा आएका १३ समूहगत परिसूचकमध्ये फाइनान्स र उत्पादन तथा प्रशोधन समूहको परिसूचक घटेको छ । अरू सबै समूहको परिसूचक बढेको छ ।

सोमबार १७६ कम्पनीको सेयर मूल्य बढेको छ भने ६६ वटाको घटेको छ। यस्तै, दुई कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।

यसदिन थ्री स्टार हाइड्रोपावरको सेयर मूल्य सर्वाधिक ९.९३ प्रतिशतले बढेर प्रतिकित्ता मूल्य ९७४ रूपैयाँ कायम भएको छ।

यसैगरी, दोल्ती पावको मूल्य ९.६८ प्रतिशतले बढेर प्रतिकित्ता मूल्य ५४४ रूपैयाँ पुगेको छ। यस्तै, इष्टर्न हाइड्रोपावरको मूल्य सर्वाधिक १० प्रतिशतले घटेर प्रति कित्ता मूल्य ८९७ रूपैयाँ ३० पैसामा झरेको छ।कुमारी सबल योजनाको मूल्य ७.४० प्रतिशतले घटेको छ। 

उक्त योजनाको प्रतिकित्ता मूल्य आठ रूपैयाँ ६३ पैसा कायम भएको छ। सोमबार चन्द्रागिरी हिल्सको सर्वाधिक कारोबार भएको छ।

कम्पनीको प्रतिकित्ता मूल्य ९५२ रूपैयाँमा २६ करोड २३ लाखको सेयर कारोबार भएको छ।यो मूल्य अघिल्लो दिनको तुलनामा ५.१९ प्रतिशत बढेको हो।

सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा एनआरएन इन्फ्रास्टक्चर रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता ९६८ रूपैयाँमा २४ करोड ११ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।  

आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये यसदिन वित्त र उत्पादन तथा प्रशोधन समूहको परिसूचक घटेको छ भने बाँकी सबै समूहको परिसूचक बढ्दा समग्र नेप्से बढेको हो।

होटल्स तथा पर्यटन समूहको परिसूचक सर्वाधिक ३.५० प्रतिशतले बढेको छ भने उत्पादन तथा प्रशोधन समूहको परिसूचक सर्वाधिक १.२९ प्रतिशतले घटेको छ।


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend