Logo
  • २०८३, असोज ३०गते
  • Oct 16 2026
images

कृषि क्षेत्रमा पुगेको क्षतीको वास्तविक तथ्यांक संकलन गर्न कृषिमन्त्रीको निर्देशन 


सूचना कुण्ड
कृषि क्षेत्रमा पुगेको क्षतीको वास्तविक तथ्यांक संकलन गर्न कृषिमन्त्रीको निर्देशन 

 

काठमाडौं ,असोज १३ ,  कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले हालैको बाढीले कृषि क्षेत्रमा पारेको वास्तविक क्षतीको यकिन गरि आगामी रणनीति बनाउन मन्त्रालयका अधिकारीहरुलाई निर्देशन दिनुभएको छ ।

शनिबार आएको बाढीले कृषि क्षेत्रमा पारेको क्षतीका सम्बन्धमा आइतबार कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा बसेको आकास्मिक बैठकमा मन्त्री अधिकारीले बाढीले कृषि क्षेत्रमा के -कति क्षती पुर्याएको छ यस्को वास्तविक तथ्यांक छिटो संकलन गर्न निर्देशन दिनुभएको हो ।

मन्त्री अधिकारीले वाढीले थुप्रै कृषि उपजहरुमा क्षती पुर्याएको सुनिएको छ , यसलाई सम्बोधन गर्न आवश्यक छ, भन्नुभयो । बैठकमा क्षतीको एकिन तथ्यांक छिटो संकलन गरि आगामी रणनीति बनाउने निर्णय भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend