काठमाडौँ, असोज १२ : जल तथा मौसम विज्ञान विभागले गरेको प्रक्षेपण हुवहु मिलेको छ । २०८१ असोज १० गते विहिवार देखि लगातार परेको अति भारी वर्षाले देशैभरको जनजीवन प्रभावित भएको छ । विभिन्न स्थानहरुबाट ठूलो क्षतिको विवरणहरु आइरहेका छन् । जनधनको उच्च जोखिम अझै कायमै रहेको छ । काठमाडौंं उपत्यका लगायतका ठाउँहरु डुबानमा परेका छन् । बाढी पहिरोमा परि कति मानिसहरु वेपत्ता भएका छन् भने धेरै भौतिक संरचनाहरुको क्षति भएको छ । सुनकोसी नदीले रामेछाप र सिन्धुली जोडने खुर्कोटको पुल वगाएको छ भने खुर्कोट वजारका धेरै घरहरु समेत वगाएको छ ।
