काठमाडौँ, असोज ११ : जिल्ला प्रशासन कार्यालय काठमाडौंले आज जारी गरेको सूचनामा उपत्यकाका नदीहरुमा जल सतहले खतराको तह पार गरेको तथा नदीहरुको वहाव अझै बढ्न सक्ने सम्भावना रहेको हुँदा नदी किनारा, पुल पुलेसा तथा वरिपरीको सडक तथा विभिन्न स्थानमा ठाउँ ठाउँमा डुवान भएकाले अत्यावश्यक काम वाहेक त्यस्ता स्थानमा आवत जावत नगर्न तथा अन्य क्रियाकलाप नगर्न नगराउन अनुरोध गरिएको छ । साथै नदी तटीय क्षेत्रमा बसोबास गर्ने लगायत सम्पूर्ण आम नागरिकहरु सतर्क रहँर्द कुनै विपद्जन्य घटना भएमा नजिकको प्रहरी कार्यालय वा जिल्ला आपत्कालिन कार्य सञ्चालन केन्द्रको फोन नं. ९८५१३३८३२२।९८५११००५५९ मा सम्पर्क गरी जानकारी गराउन अनुरोध गरिएको छ ।
