काठमाडौँ, असोज ९ : नगरअस्पतालबाट सार्वजानिक विदाका दिनमा पनि स्वास्थ्य सेवा सञ्चालन हुने भएको छ ।
चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीको अध्यक्षतामा हालै सम्पन्न नगरस्तरीय बैठकले चन्द्रागिरि नगरपालिका वडा४ थानकोट स्थित प्राथमिक अस्पतालमा विदाहरुमा समेत ओपिडी लगायत स्वास्थ्य सेवाहरु प्रवाह गर्ने निर्णय गरेको हो ।
