Logo
  • २०८३, असोज ३०गते
  • Oct 16 2026
images

त्रिभुवन बिश्वबिद्यालयले २०५८ सालदेखिका परिक्षार्थीका लागि मौका परिक्षा संचालन गर्ने


सूचना कुण्ड
त्रिभुवन बिश्वबिद्यालयले २०५८ सालदेखिका परिक्षार्थीका लागि मौका परिक्षा संचालन गर्ने

काठमाडौ, असोज ८ : त्रिभुवन बिश्वबिद्यालयले २०५८ सालदेखिका परिक्षार्थीका लागि मौका परिक्षा संचालन गर्ने भएको छ । शिक्षा बिज्ञान तथा प्रबिधि मन्त्री बिद्या भट्टराईको आग्रह पछि त्रिभुवन बिश्वविद्यालयले मंगलबार गोरखापत्र दैनिकमा एक सूचना प्रकासित गरेर सो जानकारी गराएको हो। त्रिभुवन विश्वविद्यालय परीक्षा सुधार समितिका अध्यक्ष एबम शिक्षाध्यक्ष प्राध्यापक डाक्टर खड्ग के सि को अध्यक्षतामा समितिको २०८१ असोज सात गते बसेको बैठकले मौका परिक्षाको ब्यबस्था गर्ने निर्णय गरेको प्रकाशित सूचनामा उल्लेख छ। प्रकाशित सूचनामा मानबिकी तथा सामाजिक शास्त्र ,ब्यबस्थापन , शिक्षा ,कानुन ,बिज्ञान तथा प्रबिधि अध्ययन संस्थानका बि. स.२०५८ साल देखीका बार्षिक प्रणाली अन्तर्गत र २०६९ साल देखिका सेमेस्टर प्रणालीका बिद्यार्थीको लागि एकपटक मौका परिक्षा संचालन गर्ने भएको उल्लेख छ।


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend