Logo
  • २०८३, असोज ३०गते
  • Oct 16 2026
images

तरकारीमा विषादीको अत्याधिक प्रयोग न्युनीकरण गर्न जरुरी छ :  कृषिमन्त्री रामनाथ अधिकारी


सूचना कुण्ड
तरकारीमा विषादीको अत्याधिक प्रयोग न्युनीकरण गर्न जरुरी छ :  कृषिमन्त्री रामनाथ अधिकारी

 

काठमाडौं, असोज १ : कृषि तथा पशुपन्छीमन्त्री रामनाथ अधिकारीले किसानको जिवनमा सकारात्मक परिवर्तन ल्याउन जरुरी रहेको वताउनुभएको छ ।

काठमाडौको बल्खु स्थीत कृषि तथा तरकारी वजारको वार्षिकउत्सव कार्यक्रममा बोल्दै मन्त्री अधिकारीले किसानको जिवनमा सकारात्मक परिवर्तन नआए सम्म राज्यले लिएका लक्ष्यहरु पुरा हुन सक्दैनन भन्नुभयो । आफुले मन्त्रालयको जिम्मेवारी लिए देखि किसानलाई मलको सहज व्यवस्था , दुध किसानको वक्यौता रकम भुक्तानीको लागि पहल गरको उल्लेख गर्दे मन्त्री अधिकारीले कृषि उपजको उत्पादन सँगै यसको बजारीकरणमा कुनै समस्या किसानले भोग्न नपरोस भन्ने आफनो चाहना रहेको वताउनुभयो ।

तरकारीमा विषादीको अत्याधिक प्रयोग बढदै गएकोमा चिन्ता व्यक्त गर्दे मन्त्री अधिकारीले यसलाई न्युनीकरण गर्न जरुरी रहेको वताउनुभयो । विषादी न्युनीकरणका लागि किसान दाजुभाईलाई मन्त्री अधिकारीले आग्रह पनि गर्नूभयो ।

किसान र सम्वन्धीत निकाय वीच निकटता भए मात्र किसानका समस्या समाधान हुने भएकाले यो खाडल पुर्न आफु लागेको मन्त्री अधिकारीले वताउनुभयो । किसानको उत्पादन सहर सम्म ल्याई विक्रिको व्यवस्था गर्नका लागि वल्खुको जस्तो धेरै कृषि वजारहरुको आवश्यकता रहेकोमा पनि मन्त्री अधिकारीले जोड दिनुभयो ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend