काठमाडौँ, असोज १ : नेपाल परिवार नियोजन सङ्घले आफ्नो ६५औँ स्थापना दिवस बुधबार विविध कार्यक्रम आयोजना गरी मनाउँदैछ । समाजसेवी द्वारिकादेवी ठकुरानीको पहल र सक्रियतामा विसं २०१६ अजोज २ गते सङ्घको स्थापना भएको थियो ।संघव्दारा जारी प्रेस विज्ञप्ति यस्तो छ :
सर्वप्रथम आज ११ औं राष्ट्रिय परिवार नियोजन दिवस तथा ६५ औं नेपाल परिवार नियोजन संघ स्थापना दिवसका अवसरमा हामी सबैसँग खुशी बाँड्न चाहन्छौँ र सरोकारवाला सबैमा हार्दिक शुभकामना व्यक्त गर्दछौँ ।
नेपाल परिवार नियोजन संघले ६५ वर्षअघि नेपालमा परिवार नियोजन कार्यक्रमको सुरुआत गरेको दिन १८ सेप्टेम्बर १९५९ लाई आधार मानी नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सन् २०१४ मा प्रत्येक वर्ष सेप्टेम्बर १८ लाई राष्ट्रिय परिवार नियोजन दिवस मनाउने निर्णय गरेअनुसार संघले आज विभिन्न कार्यक्रमहरू आयोजना गरी “ ११ औं राष्ट्रिय परिवार योजना दिवस तथा ६५ औं नेपाल परिवार नियोजन संघ स्थापना दिवस” मनाइरहेको छ, भने संघका सबै शाखाहरुबाट पनि यो दिवस मनाइएको छ ।
यौन तथा प्रजनन स्वास्थ्य तथा परिवार योजना सेवाको अधीकार हरेक व्यक्तिको समान मानव अधिकार हो र सबै वर्गले यसको निर्वाधरुपमा उपभोग गर्न पाउनु पर्दछ भन्ने मुख्य उद्धेश्यका साथ स्थापित ने.प.नि. संघ अन्तर्राष्ट्रिय परिवार नियोजन महासंघको सदस्य संघका रुपमा वि.सं. २०१६ सालमा स्थापना भएको हो । संघ नेपालमा यौन तथा प्रजनन स्वास्थ्य सेवा प्रदान गर्ने अगुवा संस्था हो जसले गैरसरकारी क्षेत्रबाट प्रदान गरिने परिवार नियोजन सेवाहरूको अधिकांश हिस्सा ओगटेको छ । देशका ७७ जिल्लामध्ये ३१ वटा जिल्लामा अवस्थित संघका सेवा केन्द्रहरूले देशका ७५३ नगर तथा गाँउपालीका मध्ये ३५० नगर तथा गाँउपालीकामा विस्तारित कार्यक्रम तथा सेवा केन्द्रमार्पmत विशेषगरी सेवा–सुविधाबाट वञ्चित, अल्पसंख्यक, सीमान्तीकृत तथा जोखिमसमुदायमा यौन तथा प्रजनन स्वास्थ्यका सूचना तथा सुलभ र गुणस्तरीय सेवाहरू पु¥याइरहेको छ । संघका ८० प्रतिशत भन्दा बढी सेवाग्राहीहरू यही समुदायका रहेका छन् ।
तथ्यांक अनुसार संघले सन् २०२३ मा करिव ३६ लाख यौन तथा प्रजनन स्वास्थ्यका विविध सेवाहरु प्रदान गरी करिब १ लाख अनिच्छित गर्भधारण, ४३ मातृमृत्यू, ५० हजार असुरक्षित गर्भपतन र ३०० बाल मृत्युदर घटाउन योग्दान पु¥याएको थियो । राष्ट्रीय सुरक्षित गर्भपतन सेवामा संघले १४ प्रतिशत योगदान पुर्याउदै आइरहेको छ । साथै संघले, यौन तथा प्रजनन सेवाबाट कोही पनि बञ्चित हुननपरोस् भन्ने उद्देश्यले हाल एचआइभीको जोखिममा भएका व्यक्तिहरुलाई एचआइभी संक्रमणबाट जोगाउनका निम्ति पाल्पा तथा सुनसरी जिल्लामा आफ्ना शाखा कार्यालयमार्फत प्रेप सेवा संचालन गर्देआइरहेको छ । संघले आगामी वर्षमा थप ४ लाख यौन तथा प्रजनन स्वास्थ्य सेवा प्रदान गर्ने लक्ष्य लिएको छ ।
संघले कुनैपनि विपद् तथा महामारीको अवस्थामा पनि प्रभावित जनसमुदायहरू माझ न्युनतम आधारभूत प्रजनन स्वास्थ्य सेवाहरु उपलव्ध गराउँदै आइरहेकोछ । २०८० मा जााँजरकोटका भुकम्प प्रभावित क्षेत्रमा ४६ वटा घुम्ती स्वास्थ्य शिविरहरू सञ्चालन गरी १५००० व्यक्तिहरूलाई ५५,६८५ यौन तथा प्रजनन स्वास्थ्य, परिवार नियोजनका विविध सेवा, परामर्श एवम् आपत्कालीन मर्यादा राहत सामग्री प्रदान गरेको थियो । संघले विपदको बेलामा गरेको यो उत्कृष्ट सेवालार्इृ कर्णाली प्रदेश स्थानीय सरकार तथा विभिन्न पालिकाहरुले कदर पत्रले सम्मान गरेका थिए ।
सन् २०२३ देखि २०२८ सम्मको लागि नयाँ रणनीतिक योजना
संघले सन् २०२३ देखि २०२८ सम्मको लागि नयाँ रणनीतिक योजनाहरू निर्धारण गरेकोछ जसमा परिवार नियोजनका साथसाथै व्यक्ति केन्द्रीत सेवा, यौनिकता शिक्षामा अग्रसरता, परिवर्तनका लागि एकबद्धता, संस्थागत बृद्धिबिकाश र दिगोपना जस्ता चार मुख्य स्तम्भहरु रहेका छन् । यी चार स्तम्भमा आधारीत यौन तथा प्रजनन स्वास्थ्य र अधिकारका कार्यक्रमहरू अगामी ५ वर्षसम्म विस्तार गर्दे नेपाल सरकारले निर्धारण गरेको दिगो विकासका लक्ष्यहरु हासिल गर्न सहयोग पु¥याउनु रणनीतिको मुख्य उद्देश्य रहेको छ ।
बिगत ५ वर्षमा राष्ट्रीय स्तरमा संघबाट उपलब्ध सेवाको तथ्याँक सन् २०१७ मा ३० लाख ९४ हजार, सन् २०१८ मा ३० लाख ६० हजार, सन् २०२० मा ३२ लाख ४५ हजार, सन् २०२१ मा ३५ लाख ९७ हजार,सन् २०२२ मा ३८ लाख ६० हजार, सन् २०२३ मा ३५ लाख ९६ हजाररहेको छ ।
संघबाट प्रदान गरिने एकिकृत यौन तथा प्रजनन स्वास्थ्य सेवा
परिवार नियोजन सेवा, सुरक्षित गर्भपतन सेवा, स्त्रीरोग,(पाठेघरको मुखको क्यान्सर परिक्षण सेवा समेत) गर्भवती जाँच सेवा, बाँझोपना, यौन संक्रमण तथा एच. आई. भी परीक्षण तथा परामर्श सेवा, लैंगिक हिंसा तथा खोप सेवा र अन्य प्रजनन स्वास्थ्य सम्वन्धि परामर्श तथा सेवाहरु रहेको छ ।
यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी परामर्श तथा सेवाको जानकारीका लागि नेपाल परिवार नियोजन संघले निःशुल्क हेल्प लाइन सेवा १६६००१४५००० संचालन गरिरहेको छ । अन्त्यमा, आज नेपाल परिवार नियोजन संघको ६५ औं जन्म दिवसको अवसरमा संघ, सम्पूर्ण स्वयम्सेवक, कर्मचारी, साथी शिक्षक, महिला स्वास्थ्य स्वयम्सेवीका, नेपाल सरकार, साझेदारी संघसंस्था, दातृ निकाय, पत्रकारहरु तथा संघका समस्त सेवाग्रहीहरुमा शुभकामना व्यक्त गर्न चाहन्छ ।
