काठमाडौँ, भदौ३१ : सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश प्रकाशमान सिंह राउतलाई प्रधानन्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरिएकोछ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको संवैधानिक परिषद्को आजको बैठकले प्रधानन्यायाधीशमा राउतलाई सिफारिस गर्ने निर्णय गरेको हो । सर्वोच्च अदालतका वर्तमान प्रधान न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको आगामी असोज १९ गते पदावधि सकिँदैछ ।
