Logo
  • २०८३, असोज ३०गते
  • Oct 16 2026
images

सुनको मूल्य आज हालसम्मकै उच्च विन्दुमा : प्रतितोला एक लाख ५६ हजार आठ सय रूपैयाँ


सूचना कुण्ड
सुनको मूल्य आज हालसम्मकै उच्च विन्दुमा : प्रतितोला एक लाख ५६ हजार आठ सय रूपैयाँ

काठमाडौँ, ३० भदौ : बजारमा आज सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गरेको छ। लगातार नयाँ रेकर्ड बनाइरहेको सुनको मूल्य आज हालसम्मकै उच्च विन्दुमा पुगेको हो।

यसअघि शुक्रबार हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो। उक्त दिन सुन प्रतितोला एक लाख ५६ हजार तीन सय रूपैयाँमा कारोबार भएको थियो। आज सुन प्रतितोला एक लाख ५६ हजार आठ सय रूपैयाँ पुगेको छ। यो मूल्य पछिल्लो रेकर्डभन्दा प्रतितोला दुई हजार पाँच सय रूपैयाँ बढी हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५६ हजार आठ सय रूपैयाँमा कारोबार भइरहेको छ। यसैगरी, आइतबार चाँदीको मूल्य पनि अघिल्लो दिनको तुलनामा बढेको छ।यस दिन चाँदीको मूल्य प्रतितोला एक हजार नौ सय रूपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।शुक्रबार चाँदी प्रतितोला एक हजार आठ सय ६० रूपैयाँमा कारोबार भएको थियो। 

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ४० रूपैयाँ बढेको हो।आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २५ सय ७९ अमेरिकी डलरमा कारोबार भइरहेको छ।


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend