Logo
  • २०८३, असोज ३०गते
  • Oct 16 2026
images

प्रधानसेनापति सिग्देललाई दर्ज्यानी चिह्न प्रदान, आजदेखि कमाण्डमा


सूचना कुण्ड
प्रधानसेनापति सिग्देललाई दर्ज्यानी चिह्न प्रदान, आजदेखि कमाण्डमा

काठमाडौं , भदौ २४: राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानसेनापति महारथी अशोकराज सिग्देललाई नेपाली सेनाको प्रधानसेनापति पदको दज्र्यानी चिन्ह प्रदान गर्नुभएको छ ।

सोमबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक विशेष समारोहबीच शर्मालाई सो दर्ज्यानी चिन्ह प्रदान गर्नुभएको हो । सोही समारोहमा राष्ट्रपति पौडेलले सिग्देललाई प्रधानसेनापति पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभयो । राष्ट्रपति पौडेल नेपाली सेनाको परमाधिपति हुनुहुन्छ ।

सिग्देललाई राष्ट्रपति पौडेलले यही भदौ १२ गते प्रधानसेनापति पदमा आजबाट लागु हुने गरी नियुक्त गर्नुभएको थियो । समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायण दाहाल, उपप्रधान एवम् अर्थमन्त्री विष्णु पाैडल, गृहमन्त्री रमेश लेखक, रक्षामन्त्री मावबीर राई, नेपाल सरकारका उच्च पदस्थ अधिकारहरू, सुरक्षा अंगका प्रमुख लगायताकाे उपस्थिति थियो ।


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend