Logo
  • २०८३, असोज ३०गते
  • Oct 16 2026
images

जाजरकोटमा पहिरोमा पुरिएर श्रीमान् श्रीमती बेपत्ता


सूचना कुण्ड
जाजरकोटमा पहिरोमा पुरिएर   श्रीमान् श्रीमती बेपत्ता

जाजरकोट, भदौ २३ :  जाजरकोटमा गए राति  पहिरोमा पुरिएर एकै घरका श्रीमान् श्रीमती बेपत्ता भएका छन् भने एक बालिका  गम्भीर घाइते भएका छन् । बारेकोट गाउँपालिका  ६ धुमा गाउँमा राति २ बजे  पहिरोले घर पुरिँदा दुई जना पुरिएर बेपत्ता भएको जनाइएको छ ।  

जिल्ला समन्वय समिति जाजरकोटका उप प्रमुख दल बहादुर सिंहका अनुसार बारेकोट ४ पल्लो धुमा गाउँमा राति २ बजे घर पुरिँदा  मान बहादुर चलाउने  र उहाँकी श्रीमती वडा नं ६ की  महिला वडा सदस्य समेत रहेकी  मायादेवी  चलाउने  पुरिएको जानकारी दिनु भयो । 

घटनास्थल वाट चलाउनेकी  छोरी गम्भीर घाइते अवस्थामा उद्धार गरिएको  तर २ जनाको शव निकाल्न नसकिएको  जानकारी गाउँले मार्फत आएको उपप्रमुख सिंहले बताउनु भयो । जाजरकोटका प्रहरी प्रमुख डिएसपी पुरुषोत्तम पाण्डेका घटनास्थलमा प्रहरी टोली जाँदै गरेकाे तर सञ्चार सम्पर्क हुन नसक्दा यथार्थ विवरण प्राप्त गर्न नसकिएको जानकारी दिनु भयो । 


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend