काठमाडौँ, भदौ १९ : पारालिम्पिक्समा पदक जितेकी तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई नगर परिक्रमा गराइएको छ ।
त्रिभुवन विमानस्थलको भीआईपी कक्षबाटै उनीसहित नेपाली टोलीलाई नगर परिक्रमा गराइएको हो ।परिक्रमा एयरपोर्ट, गौशाला, पुरानो बानेश्वर, मैतीदेवी, डिल्लीबजार, बागबजार, भद्रकाली, शहीदगेट, त्रिपुरेश्वर चोक हुँदै राष्ट्रिय खेलकुद परिषद्को प्राङ्गणमा पुगेर टुंगिएको थियो ।
पेरिसमा भएको पारालिम्पिक्समा के ४४ क्याटगोरी अन्तरगत महिला ५७ केजीमुनि प्रतिस्पर्धा गरेकी पलेशाले कांस्य पदक जितेकी थिइन् । यो नै नेपाली खेलाडीहरुले ओलम्पिकमा जितेको पहिलो पदक हो ।
पेरिस पारालम्पिकमा ऐतिहासिक पदक जितेर फर्किएकी गोबर्धनले छोटो समयको तयारीका बाबजुद पनि पदक जित्दा गौरव लागेको बताएकी छन् । उनले यो आफ्नो मात्र सफलता नभई सिंगो देशको भएको बताइन् ।
सम्मान कार्यक्रममा पलेसाले भनिन्, ‘यो सफलता मेरो मात्र होइन । सबैको लागि हो । अब हामी गौरवका साथ भन्न सक्छौं हामीसँग पनि एउटा ओलम्पिक मेडल छ ।’पेरिसमा भएको पारालिम्पिक्समा के ४४ क्याटगोरी अन्तरगत महिला ५७ केजीमुनि प्रतिस्पर्धा गरेकी पलेशाले कांस्य पदक जितेकी थिइन् । यो नै नेपाली खेलाडीहरुले ओलम्पिकमा जितेको पहिलो पदक हो ।–––
