Logo
  • २०८३, असोज ३०गते
  • Oct 16 2026
images

वाणिज्य बैंकको ‘काउन्टरसाइक्लिक बफर’ शून्य प्रतिशत कायम   


सूचना कुण्ड
वाणिज्य बैंकको ‘काउन्टरसाइक्लिक बफर’ शून्य प्रतिशत कायम   

काठमाडौँ, भदौ १२:  नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुको काउन्टरसाइक्लिक बफर शून्य प्रतिशत कायम गरेको छ । नेपाल राष्ट्र बैंकले मङ्गलबार इजाजतप्राप्त ‘क’, ‘ख’, ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरुलाई जारी गरिएको एकीकृत निर्देशन, २०८० मा संशोधन गर्दै उक्त व्यवस्था गरेको हो ।    
    
 यसअघि वाणिज्य बैंकहरुले आर्थिक वर्ष २०८०/८१ को अन्त्यसम्ममा यस्तो बफर शून्य दशमलव पाँच प्रतिशत कायम गर्नुपर्ने प्रावधान रहेकामा केन्द्रीय बैंकले चालु आवको साउनदेखि लागू हुने गरी शून्य प्रतिशत कायम गरेको हो ।    
    
 साथै २०८४ साल असार मसान्तसम्ममा बैंकहरुले न्यूनतम १५ प्रतिशत कर्जा लघु, घरेलु, साना एवम् मझौला उद्यमका क्षेत्रमा प्रवाह गर्नुपर्नेछ । जसमा यसअघि रु एक करोडभन्दा कम रकमका कर्जा उल्लेख भएकामा संशोधन गरी रु दुई करोड कायम गरिएको छ ।    
    
 यसबाट लघु, घरेलु तथा साना एवम् मझौला उद्यमका क्षेत्रमा थप कर्जा प्रवाह भइ आर्थिक गतिविधि चलायमान हुने विश्वास लिइएको छ ।    
---  


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend