Logo
  • २०८३, असोज ३०गते
  • Oct 16 2026
images

पाइलट बाबाको निधन   


सूचना कुण्ड
पाइलट बाबाको निधन   

काठमाडौँ, भदौ ५ :  भारतीय सन्त पाइलट बाबाको ८६ वर्षको उमेरमा भारतको मुम्बइस्थित एक अस्पतालमा मंगलबार निधन भएको छ ।    
    
मकवानपुरको त्रिखण्डीमा हरि गिरी महाराज नाम गरेका नेपाली सन्तसँग उहाँले सन् १९७४ मा दीक्षा लिनुभएको संहिताशास्त्री अर्जुनप्रसाद बाँस्तोलाले जानकारी दिनुभयो ।    
    
नेपाली गुरुसँग शिक्षा लिनुअघि उहाँ भारतीय वायुयान सेवामा पाइलट रहनुभएकाले उहाँलाई पाइलट बाबा भनिएको हो । यही नामले उहाँ प्रसिद्ध हुनुभयो ।    
    
पाइलट बाबाले भक्तपुरको सूर्यविनायक नगरपालिकास्थित घ्याम्पेडाँडामा पाइलट बाबा आश्रम बनाउनुभएको छ । आश्रममा उहाँ बेला बेलामा आएर बस्ने गर्नुभएको थियो ।    
    
नेपालमा उहाँका चिकित्सकलगायत विभिन्न पेशा र व्यवसायमा आबद्ध धेरै शिष्य छन् । भारतको प्रयोगमा हुने प्रत्येक कुम्भ मेलामा जाँदा नेपालीलाई बस्ने, खानेलगायत सुविधा दिई उहाँले आश्रय दिने गर्नुभएको पनि उहाँले बताउनुभयो ।    
    
पाइलट बाबा बिहारको सहर्षा जिल्लाको राजपरिवारका सदस्यका रुपमा जन्मनुभएको थियो । हरिद्वार र गङ्गोत्रीलगायत धेरै स्थानमा उहाँले जुना अखडा नामका आश्रम चलाउने गर्नुभएको थियो । उहाँलाई महामण्डलेश्वरको पदवीसमेत दिइएको थियो ।    
    
जुना अखडाका सबै आश्रममा आजैदेखि तीन दिनसम्म शोक मनाउने जनाइएको छ । उहाँलाई उत्तराखण्डको पवित्र भूमिमा समाधि गरिने भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।    
---  


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend