Logo
  • २०८३, असोज ३०गते
  • Oct 16 2026
images

सिन्धुपाल्चोकको तिपेनीमा सुख्खा पहिरो, इन्द्रावती नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह


सूचना कुण्ड
सिन्धुपाल्चोकको तिपेनीमा सुख्खा पहिरो, इन्द्रावती नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

काठमाडौँ, भदौ  ३ :  सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका तिपेनीमा सोमबार सुख्खा पहिरो खसेको छ।

जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले सुख्खा पहिरो खसेकोले त्यसले इन्द्रावती नदी तटीय क्षेत्रमा बाढी आउन सक्ने भएकोले स्थानीय बासिन्दाहरूलाई सतर्कता अपनाउन आग्रह गर्दै सूचना निकालेको छ।

पहिरोले इन्द्रावती नदीको बहावमा अवरोध सिर्जना भएको प्रशासनको भनाइ छ।पहिरोले इन्द्रावती नदीको बहावमा अवरोध सिर्जना भएको प्रशासनको भनाइ छ।

नदी थुनिएर एक्कासी खोलिएमा पाँचपोखरी थाङपाल गाउँपालिका वडा नम्बर ७ र ८, मेलम्ची नगरपालिका वडा नम्बर ७, ९, ११, १२ र १३ तथा इन्द्रावती गाउँपालिका वडा नम्बर १०, ११ र १२ का नदी तटमा बाढी आउन सक्ने भएकोले स्थानीय बासिन्दाहरूलाई प्रशासनले उच्च सतर्कता अपनाउन भनेको छ।---  


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend