Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

आइतबार नेप्सेमा करेक्सन, २८ अर्ब ८३ करोडको सेयर किनबेच


सूचना कुण्ड
आइतबार नेप्सेमा करेक्सन, २८ अर्ब ८३ करोडको सेयर किनबेच

काठमाडौँ, भदौ२ : धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ३४ दशमलव ४७ अङ्कले ओरालो लागेर दुई हजार नौ सय ६६ दशमलव ३३ मा सीमित भएको हो ।    
    
ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक छ दशमलव ६५ अङ्कले ओरालो लागेर पाँच सय २८ दशमलव ८५ मा सीमित भएको छ । नेप्सेका अनुसार आज कूल छ करोड ५४ लाख ७५ हजार तीन सय ६६ कित्ता शेयर रु २८ अर्ब ८३ करोड ६९ लाख ९७ हजार तीन सय ७६ मा कारोबार भएको छ ।    
    
कारोबार भएका कूल १३ उपसमूहमध्ये चार उपसमूहको शेयर मूल्य उकालो लाग्दा नौ उपसमूहको शेयर मूल्यमा भने गिरावट आएको छ । राष्ट्रिय बीमा कम्पन, लाइफ इन्स्योरेन्स कर्पोरेसन, मल्टीप्रपोज फाइनान्स कम्पनी र सम्पदा लघुवित्तको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । यस्तै, लिवर्टी इनर्जी कम्पनीका लगानीकर्ताले नौ दशमलव ९३ प्रतिशतले कमाएका छन् ।    
    
नेपाल फाइनान्स १०, सगरमाथा जलविद्युत् कम्पनी आठ दशमलव ५२, न्यादी हाइड्रोपावर आठ दशमलव ४६, शुभम पावर सात दशमलव ७४ र मातृभूमि लघुवित्तका लगानीकर्ताले सात दशमलव ५८ प्रतिशतले गुमाएका छन् ।    
---  


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend