Logo
  • २०८३, असोज ३०गते
  • Oct 16 2026
images

रक्षाबन्धन : सर्वसाधारणले समय हेर्नु पर्दैन, शासन सत्तामा बस्नेहरु सतर्क हुनुपर्छ


सूचना कुण्ड
रक्षाबन्धन : सर्वसाधारणले समय हेर्नु पर्दैन, शासन सत्तामा बस्नेहरु सतर्क हुनुपर्छ

काठमाडौँ, भदौ १ :  नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले ३ भदौका दिन सर्वसाधारणलाई जुनसुकै बेला रक्षाबन्धन गर्नसक्ने स्पष्ट पारेको छ । शासन सत्तामा रहेकाहरुले भने समय हेरेर गर्न उपयुक्त हुनेछ ।

समितिले शुक्रबार विज्ञप्तिअनुसार भदौ ३ गते सोमबार पूर्णिमा तिथि ४७ घडी १९ पला छ । घन्टा मिनेट अनुसार त्यसदिन दिउँसो १ बजेसम्म भद्रा परेको छ ।

यसलाई लिएर रक्षाबन्धन गर्न नहुने नहुने अन्यौल पैदा भएपछि प्रष्ट पारेको समितिका कार्यकारी निर्देशक ज्यो. प. सूर्यप्रसाद ढुंगेलले जानकारी दिएका छन् ।रक्षाबन्धनमा श्रावणी सम्बन्ध काम गर्ने भएकाले शासन सत्तामा रहेकाहरुले १ः३१ कटाएर रक्षाबन्धन गर्न राम्रो हुन्छ ।

सर्वसाधारणलाई भने असर नगर्ने भएकाले रक्षाबन्धन गर्न सकिने उनले बताए । किनकी भद्रा मत्र्यलोकमा भएका बेला मात्र हानी हुन्छ । अहिले मकर राशीमा चन्द्रामा भएकाले पातालको हुन्छ र, यसमा कुनै पनि कार्य गर्दा धन लाभ हुने शास्त्रमा उल्लेख छ ।

उनका अनुसार भद्रामा श्रावणीसम्बधी काम गरे शासन सत्तामा रहेकाहरु र होलिका दहन गरेमा गाउँ एवं शहर नाश हुन्छ भनेर शास्त्रमा लेखिएको छ ।

---  


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend