Logo
  • २०८३, असोज ३०गते
  • Oct 16 2026
images

करेक्सनपछि नेप्सेमा ३४ अंकको वृद्धि, २३ अर्बभन्दा बढीको सेयर किनबेच


सूचना कुण्ड
करेक्सनपछि नेप्सेमा ३४ अंकको वृद्धि, २३ अर्बभन्दा बढीको सेयर किनबेच

काठमाडौँ, साउन३० : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा ३४ दशमलव २९ अङ्कको वृद्धि देखिएको छ । आज नेप्से परिसूचक एक दशमलव १७ प्रतिशतले बढेर दुई हजार नौ सय ५७ दशमलव ७५ को विन्दुमा कायम भएको हो ।    
    
 आज तीन सय ३२ कम्पनीको पाँच करोड १२ लाख ३० हजार तीन सय ४० कित्ता शेयर दुई लाख ४४ हजार १९ पटक खरिदबिक्री हुँदा रु २३ अर्ब ४३ करोड पाँच लाख ८१ हजार एक सय ५० बराबरको कारोबार भएको छ ।    
    
 जीवन बीमा समूह शून्य दशमलव ०८, लघुवित्त शून्य दशमलव ७० र म्युचुअल फन्ड शून्य दशमलव ९० प्रतिशतले घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ । आज वित्त समूहको उपसूचक सबैभन्दा बढी सात दशमलव ६७ प्रतिशतले बढेको छ ।    
    
 बैंकिङ शून्य दशमलव ७२, विकास बैंक तीन दशमलव ०७, होटल तथा पर्यटन दुई दशमलव ३७, जलविद्युत् एक दशमलव ९१, लगानी दुई दशमलव ४९, उत्पादन तथा प्रशोधन शून्य दशमलव ६४, निर्जीवन बीमा शून्य दशमलव ७४, व्यापार शून्य दशमलव ३९ र अन्य समूह शून्य दशमलव ८३ प्रतिशतले बढेको छ ।    
    
 आज नौवटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लाग्दा एउटा कम्पनीको शेयर मूल्यमा भने नकारात्मक सर्किट लागेको छ । कारोबार रकमका आधारमा सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्स लिमिटेडको रु ८६ करोड ५८ लाख ५८ हजार तीन सय सात बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा अपि पावर कम्पनी लिमिटेडको २२ लाख ३७ हजार एक सय ७२ कित्ता शेयर किनबेच भएको छ ।    
---  


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend