Logo
  • २०८३, असोज ३०गते
  • Oct 16 2026
images

अवरुद्ध नारायणगढ–बुटवल सडकखण्ड एकतर्फी सञ्चालन   


सूचना कुण्ड
अवरुद्ध नारायणगढ–बुटवल सडकखण्ड एकतर्फी सञ्चालन   

नवलपरासी, साउन २९ : पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को दाउन्नेमा सडक भासिएपछि अवरुद्ध भएको यातायात सेवा एकतर्फी सञ्चालनमा आएको छ ।    
    
सडक भासिएपछि आज विहानैदेखि पहाड कटान सुरु गरिएको थियो । कटान कार्य आज पूरा नभएपछि एकतर्फीरुपमा यातायात सञ्चालनमा ल्याएको जिल्ला प्रहरी कार्यालय (नवलपरासी बर्दघाट सुस्तापूर्व) का प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलले जानकारी दिनुभयो ।    
    
विनयी त्रिवेणी गाउँपालिका–२ स्थित दाउन्नेमा सोमबार साँझ सडक भासिएको थियो । सो क्षेत्रमा आज बिहानदेखि दिउँसो २ बजेसम्म अत्यावश्यकबाहेकका सवारीलाई रोक लगाएर मर्मत गरिएको थियो । सुरक्षाको दृष्टिकोणले जोखिम हुने राति काम नगर्ने र भोलि बिहान ८ बजेदेखि पुनः काम सुरु गरिने पौडेलले जानकारी दिनुभयो ।    
---  


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend