Logo
  • २०८३, असोज ३०गते
  • Oct 16 2026
images

कृष्णसारको सङ्ख्या बढ्यो   


सूचना कुण्ड
कृष्णसारको सङ्ख्या बढ्यो   

बर्दिया  साउन २८ :  गुलरिया नगरपालिका–२ को खैरापुरको (पटाहा)मा कृष्णसारको सङ्ख्या बढेको छ । गत वर्षसम्म एक सय ९७ वटा कृष्णसार रहेकामा २७ वटा थपिएर यस वर्ष २२४ पुगेको कृष्णसार संरक्षण कार्यालयले जनाएको छ ।    
    
 नियमित गस्ती, प्रभावकारी अनुगमन, घाँसे मैदानको व्यवस्थापन, तारजाली तथा मर्मतका कारण कृष्णसारको सङ्ख्या बढेको कृष्णसार व्यवस्थापन परिषद्का अध्यक्ष दीपेन्द्र यादवले बताउनुभयो ।    
    
 विसं २०३२ सालमा अस्थायी चौकी खडा गरी कृष्णसार संरक्षणको सुरुआत गरिएको थियो । चितुवा, हुँडार, स्याललगायतको आक्रमणका कारण कृष्णसारको सङ्ख्या घट्दै गएपछि संरक्षण सुरु गरिएको थियो ।    
---  


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend