Logo
  • २०८३, असोज ३०गते
  • Oct 16 2026
images

सेयर कारोवारमा नयाँ रेकर्ड ः एकै दिनको कारोवार करिब २२ अर्बको नजिक


सूचना कुण्ड
सेयर कारोवारमा नयाँ रेकर्ड ः एकै दिनको कारोवार  करिब २२ अर्बको  नजिक

    
काठमाडौँ, साउन १६: नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा उल्लेख्य वृद्धिसँगै उच्च रकमको कारोबार देखिएको छ । आज नेप्से परिसूचक ६४ दशमलव २५ अङ्कले बढेर दुई हजार सात सय ६० दशमलव ९१ विन्दुमा कायम भएको छ । नेप्से परिसूचकको वृद्धिसँगै आज शेयरबजारमा रु २१ अर्ब ९१ करोड १५ लाख तीन हजार एक सय ६१ बराबरको कारोबार भएको छ । आजको कारोबार रकम अहिलेसम्मकै धेरै हो । यस अघि विसं २०७८ साउन ३१ गते रु २१ अर्ब ६४ करोड बराबरको कारोबार भएको थियो । त्यसयता कारोबार रकमले उक्त ‘रेकर्ड’ तोड्न सकेको थिएन । बुधबार उक्त ‘रेकर्ड’ तोड्दै कारोबार रकमले नयाँ ‘रेकर्ड’ कायम गरेको हो ।    
    
आज तीन सय ३२ कम्पनीको पाँच करोड नौ लाख कित्ता शेयर दुई लाख ३८ हजार दुई सय ७२ पटक खरिदबिक्री हुँदा कारोबार रकम रु २१ अर्ब ९१ करोड १५ लाख तीन हजार पुगेको हो । आज कारोबारमा आएका कम्पनीमध्ये एक ९१ वटा कम्पनीको शेयर मूल्य बढ्दा आठ वटा कम्पनीको मूल्यमा १० प्रतिशतको वृद्धिसहित सकारात्मक सर्किट लागेको छ । बढ्नेमा अधिकांश वित्त र लगानी समूहका कम्पनीहरु छन् । आजको कारोबारबाट सबै समूहको उपसूचक बढेको छ ।    
    
आजको कारोबारमा ४४ कम्पनीको शेयर मूल्य सामान्य घटेको छ । कारोबार रकमका आधारमा हिमालयन र– इन्स््योरेन्स कम्पनी सबैभन्दा अगाडि छ । यो कम्पनीको रु ८४ करोडको शेयर कारोबार हुँदा माउन्टेन इनर्जीको ४१ करोड रुपैयाँको शेयर कारोबार भएको हो ।    


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend