Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

रामेछापको फर्पुको पहिरोपीडितलाई सांसद तामाङको सहयोग  


सूचना कुण्ड
रामेछापको फर्पुको पहिरोपीडितलाई सांसद तामाङको सहयोग  

रामेछाप, साउन १३ :  जिल्लाको गोकुलगङ्गा गाउँपालिका वडा नं ६ फर्पुको पहिरोमा परी मृत्यु भएका किशोरीका परिवारलाई प्रतिनिधिसभाका सांसद एवं नेपाली कांग्रेस रामेछापका सभापति पूर्णबहादुर (कान्छाराम) तामाङले राहत रकम उपलब्ध गराउनुभएको छ ।    
    
सांसद तामाङले प्रतिपरिवार रु १० हजारका दरले सहयोग गर्नुभएको हो । गत बिहीबार राति स्थानीय बिमा तामाङको घर पहिरोले पुरिँदा तीनजना किशोरीको मृत्यु भएको थियो । पहिरोमा परी १७ वर्षीया सीता तामाङ, १४ वर्षीया तामाङ र १३ वर्षीया लक्ष्मी तामाङको मृत्यु भएको थियो ।    
    
सांसद तामाङले मृतकका आफन्त विमान तामाङ, पदम तामाङ र पेमा तामाङलाई सहयोग हस्तान्तरण गर्नुभएको हो । पीडित परिवारले आफूहरूको बसोबास सुरक्षित स्थानतर्फ सर्नुपर्ने भएकाले विद्युत्लगायत सुविधा व्यवस्थापनका लागि सांसद तामाङसँग अनुरोध गरेका थिए । उक्त वडाका वडाध्यक्ष चन्द्र सुनुवारले पीडित तथा विस्थापित परिवारको व्यवस्थापनका लागि गाउँपालिका र वडाले काम अगाडि बढाएको जानकारी दिनुभयो ।    
–––  


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend