Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

 मनसुनी विपदमा चौबिस घण्टामा सात जनाको मृत्यु  


सूचना कुण्ड
 मनसुनी विपदमा चौबिस घण्टामा सात जनाको मृत्यु  

  

काठमाडौँ, साउन१ : मनसुनी विपद्मा परेर गएको चौबिस घण्टामा सात जनाको मृत्यु भएको छ । मनसुन अवधिमा बाढी, पहिरोलगायतका विपद्मा परी हालसम्म एक सय २० जनाको मृत्यु भइसकेको छ । गत जेठ २८ देखि आजसम्ममा उनीहरुको मृत्यु भएको हो ।    
    
उक्त अवधिमा एक सय ३५ जना घाइते भएको केन्द्रीय प्रहरी प्रवक्ता, प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिनुभयो । बाढी, पहिरोलगायतका विपद्मा परी काठमाडौँ उपत्यकामा दुई, कोशी प्रदेशमा २२, मधेस प्रदेशमा पाँच, बागमती प्रदेशमा १५, गण्डकी प्रदेशमा ३८, लुम्बिनी प्रदेशमा २३, कर्णाली प्रदेशमा सात र सुदूरपश्चिम प्रदेशमा आठ गरी जम्मा एक सय २० जनाको मृत्यु भएको हो ।    
    
काठमाडौँ उपत्यकामा आठ, कोशी प्रदेशमा ३४, मधेस प्रदेशमा नौ, बागमती प्रदेशमा सात, गण्डकी प्रदेशमा २८, लुम्बिनी प्रदेशमा नौ, कर्णाली प्रदेशमा २९ र सुदूरपश्चिम प्रदेशमा ११ गरी जम्मा एक सय ३५ जना घाइते भएको कार्कीले बताउनुभयो ।    
    
बाढीका कारण एक सय ८२ घर डुबानमा परेका छन् । दुई सय १३ वटा घर, ७९ वटा गोठ, ४३ वटा पुल, एक वटा विद्यालय र दुई वटा सरकारी कार्यालयमा क्षति पुगेको छ । कूल पाँच सय ८१ वटा पशुचौपायको मृत्यु भएको छ ।    
    
उक्त अवधिमा विपद्का घटनाबाट तीन हजार छ सय ५२ घर परिवार विस्थापित भएका छन् । साथै बाढीपहिरोको जोखिममा रहेका परिवारलाई सुरक्षित स्थानमा राख्ने, पहिरोमा पुरिएको धनमाल निकालेर सुरक्षा गर्ने र सडकमा भएका अवरोध हटाइएको प्रहरीले जनाएको छ ।    
---  


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend