Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

 अविरल वर्षासँगैको बाढीपहिरोबाट एक सय एकको मृत्यु  


सूचना कुण्ड
 अविरल वर्षासँगैको बाढीपहिरोबाट एक सय एकको मृत्यु  

  

काठमाडौँ, असार२८: देशमा मनसुन भित्रिएसँगै परेको अविरल वर्षाका कारण आएको बाढीपहिरालगायत विपद्मा परी हालसम्म एक सय एक जनाले ज्यान गुमाएका छन् ।    
    
 गत जेठ २८ गते बिहान ९ बजेदेखि आज असार २८ गते बिहान ८ बजेसम्म देशका विभिन्न स्थानमा आएको बाढीपहिरामा परी एक सय एक जनाको मृत्यु भएको केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले राससलाई जानकारी दिनुभयो ।    
    
 उहाँले भन्नुभयो, “जेठ २८ गते बिहान ९ बजेदेखि आज बिहान ८ बजेसम्ममा बाढीपहिरामा परी एक सय एक जनाको मृत्यु, एक सय आठ जना घाइते र छ जना बेपत्ता भएका छन् ।”    
    
 यसैगरी बाढीपहिरो तथा विपद्का कारण काठमाडौँमा एक जना, कोशी प्रदेशमा १९, मधेस प्रदेशमा पाँच, बागमती प्रदेशमा छ, गण्डकी प्रदेशमा ३६, लुम्बिनी प्रदेशमा २३, कर्णाली प्रदेशमा चार र सुदूरपश्चिम प्रदेशमा सात जनागरी जम्मा एक सय एक जनाको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।    
    
 मृत्यु भएकाहरुमध्ये बाढीबाट २७, पहिरामा परी ५० र चट्याङ्बाट २३ जनाको मृत्यु भएको प्रवक्ता कार्कीले बताउनुभयो । अविरल वर्षाकै कारण हालम्म एक सय आठ जना घाइते भएका तथा छ जना बेपत्ता भएका छन् । बेपत्ता भएकामा कोशी प्रदेशमा दुईजना, बागमती प्रदेशमा दुईजना, गण्डकीमा एकजना तथा सुदूरपश्चिम प्रदेशमा एकजनागरी छ जना रहेका छन् ।    
    
 बाढीपहिरो तथा विपद्का कारण काठमाडौँ तीन, कोशी प्रदेशमा ३१ जना, मधेस प्रदेशमा सात जना, बागमती प्रदेशमा चार जना, गण्डकी प्रदेशमा २८ जना, लुम्बिनी प्रदेशमा नौ जना, कर्णाली प्रदेशमा १५ जना तथा सुदूरपश्चिम प्रदेशमा ११ जनागरी जम्मा एक सय आठ जना घाइते भएका प्रहरीले जनाएको छ ।    
    
 घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । बाढीपहिरोबाट अहिलेसम्म रु ४१ लाख २० हजार बराबरको क्षति भएको तथा उद्धारका लागि पाँच सय एक जना प्रहरी परिचालन भएका प्रवक्ता कार्कीले जानकारी दिनुभयो ।    
    
 यसैगरी देशव्यापी रूपमा तीनवटै सुरक्षा निकायबीचको समन्वय र सहकार्यसहित प्रभावित क्षेत्रमा परिचालित भई खोज तथा उद्धार कार्य जारी रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।    
---  


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend