Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

    बढीपहिराले देशका विभिन्न भागमा क्षति, राजमार्ग अवरुद्ध   


सूचना कुण्ड
    बढीपहिराले देशका विभिन्न भागमा क्षति, राजमार्ग अवरुद्ध   

 
काठमाडौँ,  असार २७: निरन्तरको वर्षाका कारण देशका विभिन्न भागमा बढीपहिराले भौतिक संरचनामा क्षति भएको छ भने सडक अवरुद्ध हुँदा यातायातका साधन बाटोमा नै रोकिएका छन् । विभिन्न जिल्लाहरुबाट प्राप्त जानकारी अनुसार लमजुङ, दाङ, चितवन, वाग्लुङ, पर्वत, उदयपुरका विभिन्न सडक अवरुद्ध भएका छन् ।    
        
पहिरो खसेर नारायणगढ–मुग्लिन सडक अवरुद्ध    
    
पहिरो खसेर नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको छ । भरतपुर महानगरपालिका–२९ स्थित झोलुङ्गु पुल र सिमलतालमा पहिरो खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । सडक डिभिजनसँगको समन्वयमा पहिरो पन्छाएर सवारीसाधन सञ्चालनको प्रयास जारी छ ।    
    
पृथ्वीराजमार्ग एकतर्फी सञ्चालन    
    
पृथ्वी राजमार्गअन्तर्गत इच्छाकामना गाउँपालिका–३ मौवाखोला नजिक खसेको पहिरो पन्छाएर सडक एकतर्फी खुलाइएको छ । इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक निरला भण्डारीका अनुसार वर्षा नरोकिएकाले ठाउँठाउँमा पहिरो खसिरहेको छ । सडक दुईतर्फी खुलाउन अझै केही समय लाग्ने छ । यसैबीच, स्थानीय प्रशासनले अत्यावश्यक काम बाहेक यो सडकबाट यात्रा अनुरोध गरेको छ ।    
    
 मालढुङ्गा–बेनी सडक अवरुद्ध    
    
म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने कालीगण्डकी कोरिडोरअन्तर्गत पर्वतको मालढुङ्गा–बेनी सडक अवरुद्ध भएको छ । गएरातिको भारी वर्षाका कारण तीन ठाउँमा खसेको पहिरोले सडक अवरुद्ध बनेको हो । मालढुङ्गादेखि बेनी सम्मको १३ किलोमिटर लामो बाटोको कुश्मा नगरपालिका– १ मालढुङ्गा नजिकै भिरवाट ढिस्को सहितको पहरो खसको छ । त्यसैगरी जलजला गाउँपलिका–८ स्थित फनफनेमा पनि सडक अवरुद्ध भएको हो ।    
    
पर्वतमा पहिराले छ घर पुरिए    
    
 पर्वतको मोदी गाउँपालिकामा छ वटा घर पुरिएका छन् । मोदी गाउँपालिका– २ देउपुरको जरुवाका ६ घर पुरिएका छन्भने जोखिममा रहेका अन्य ९ परिवार गरी १५ परिवार पूर्ण विस्थापित भएका जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । बुधवार दिउँसोदेखि नै पहिरो खसेको हो । कुश्मा नगरपालिका– ११ पकुवाको छापामा पनि एउटा घर पुरिएको प्रहरीले जनाएको छ ।    
    
गाईघाट– दिक्तेल सडक अवरुद्ध    
    
उदयपुर जिल्लाको त्रियुगा नगरपालिका– १४ को रातमाटे डाँडामा पहिरो खस्दा गाईघाट दिक्तेल सडक अवरुद्ध भएको छ । बुधबार अपराह्नदेखि उक्त सडक अवरुद्ध भएको हो । एम्बुलेन्सलागयत अत्यावश्यक सवारीका साधन सञ्चालन गराउने प्रयास जारी छ । जिल्ला प्रशासन कार्यलय,त्रियुगा नगरपालिका र गाईघाट –दिक्तेल सडक कार्यलयले एकीकृत प्रयास गरिरहेका छन्    
    
मध्यपहाडी राजमार्ग बन्द    
    
पहिरोका कारण मध्यपहाडी पुष्पलाल राजमार्गको बागलुङ खण्ड अवरुद्ध भएको छ । बागलुङको काठेखोला गाउँपालिका–६ बयलडाँडास्थित सडकमा पहिरो खस्दा मध्यपहाडी पुष्पलाल राजमार्ग बन्द भएको जिल्ला प्रहरी कार्यलय बागलुङका प्रहरी प्रहरी उपरिक्षक ऋषिराम कँडेलले जानकारी दिनुभयो ।    
    
बेँसीसहर–चामे सडक पनि खुलेन    
    
 लमजुङ र मनाङ जोड्ने बेँसीसहर–चामे सडक दश दिनदेखि बन्द छ । बाढीले मनाङको चामे गाउँपालिका–१ तिमाङखोलाको पक्की पुल बगाएपछि उक्त सडकमा सवारीसाधन सञ्चालन भएका छैनन् ।    
    
विसंं २०७८ असार महिनामा आएको बाढीले बेलिब्रिज बगाएपछि तिमाङखोलामा काठेपुल राखेर सवारी सञ्चालन हुँदै आएको थियो । दुईवर्षअघि त्यहाँ मोटरेवल पक्की पुल निर्माण गरिएको थियो ।    
    
पथान्तरणमा क्षति    
    
बाढीका कारण घोराही–तुलसीपुर र घोराही सडक पनि अवरुद्ध भएको छ । पुल निर्माण जारी रहेको घोराही–तुलसीपुर खण्डमा गरिएको पथान्तरण बाढीमा बगेपछि उक्त सडक बन्द भएको हो ।    


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend