Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

     पूर्वका साना खोलामा बाढीको जोखिम  


सूचना कुण्ड
     पूर्वका साना खोलामा बाढीको जोखिम  

  
काठमाडाँै, असार २५  : हाल मुलुकका पूर्वी भागका साना खोलाहरुमा बाढीको जोखिम बढेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार सुनसरीका सर्दुखोला र बूढीखोलामा पानीको सतह बढेर जोखिमको स्तर पार गरेको छ ।    
    
सर्दुखोलामा पानीको सतह १०४.५ मिटर पुगेको छ । यसलाई जोखिमको तह मानिन्छ । बूढीखोलामा पानीको सतह ८५ मिटर पुगेको छ । यो पनि जोखिमको तह हो । उक्त खोलामा अहिले पानीको सतह ८५ दशमलव ५१ मिटर पुगेको विभागले जनाएको छ । बाढी पूर्वानुमान माहाशाखाका अनुसार सुनसरीमा १२ घण्टामा एक सय ७१ दशमलव चार मिलिमिटर पानी परेको छ ।     
    
धरानमा एक सय ५९, उदयपुरमा एक सय ४४, उदयपुकै मुर्कुची बजारमा एक सय २५ दशमलव चार, धनकुटामा एक सय ४२ दशमलव र मोरङ केराबारी क्षेत्रमा एक सय ५३ दशमलव आठ मिलिमिटर पानी २४ घण्टाको अवधिमा परिरहेको विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।    
    
विभागका प्रवक्ता सुनिल पोखरेलले आजका लागि खासगरी मुलुकको पूर्वी जिल्ला सिन्धुली, झापा, उदयपुर, सुन्सरीका साना नदीमा बाढीको जोखिम रहेको भन्दै सतर्कता अपनाउन अनुरोध गर्नुभएको छ । “आज पूर्वका साना नदीहरुमा बाढीको जोखिम भएकाले त्यस क्षेत्रमा मानिहरुलाई हामीले बाढीबाट बच्न एसएमएस पठाइसकेका छौँ,” उहाँले भन्नुभयो, “बिहीबारदेखि नारायणी नदीभन्दा पूर्वतिरका नदीमा बाढीको जोखिम बढ्नसक्छ ।”    
    
प्रवक्ता पोखरेलले बाढीको जोखिम बढ्ने भए पनि आत्तिहाल्नुपर्ने खतरा भने नरहेको स्पष्ट पर्नुभएको छ । मौसम पूर्वानुमान माहाशाखाले आज बिहान जारी गरेको विशेष बुलेटिनमा पनि देशका केही स्थानमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको र कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको जानकारी दिएको छ ।    
    
“ती क्षेत्रमा हुनसक्ने गेग्र्यान बहाव, बाढीपहिरोबाट बच्न तथा ती क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक र हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना भएकाले ती क्षेत्रका सर्वसाधारणलाई सतर्कता अपनाउन प्रवक्ता पोखरेलले अनुरोध गर्नुभयो ।    


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend