चितवन, असार २२: जल तथा मौसम विज्ञान विभागकोे अध्यावधिक सूचना अनुसार मस्र्यादी विमलनगर जलमापन केन्द्रमा जलसतह सतर्कता तह ( १०.० मि.) पार गरेको र बढ्दो क्रममा रहेकोले वन्दीपुरको बिमलनगरदेखि तल्लो नदी तटीय क्षेत्र आँवुखैरेनी सम्मका वासिन्दाहरुले आज राती १२ बजेसम्म उच्च सतर्कता अपनाउन अपिल गरिएको छ ।
त्यसैगरी, नारायणी नदी देवघाट बाढीमापन केन्द्रमा जलसतह (९ मि.) पार गरेको र थप बढ्ने क्रममा रहेकोले नवलपरासी (पूर्व) र चितवनको नदी तटीय क्षेत्रका वासिन्दाहरुले राती १२ बजे सम्म उच्च सतर्ककता साथ सुरक्षित स्थानमा रहन अपिल गरिएको छ ।
