Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

नागढुङ्गा–नौबीसे सडक खण्ड आज र भोलि राति बन्द रहने


सूचना कुण्ड
नागढुङ्गा–नौबीसे सडक खण्ड आज र भोलि राति बन्द रहने

काठमाडौँ, असार १९: धादिङबाट काठमाडौं आउने मुख्य राजमार्ग त्रिभुवन राजपथ (नागढुंगा–नौबिसे सडक खण्ड) दुई दिन रातको समयमा मात्रै बन्द हुने भएको छ ।

नौबिसे खोला पुलमा काम गर्न सहजीकरणका लागि १९ र २० असारका दिन राति १० बजेदेखि बिहान ३ बजेसम्म यो सडक बन्द गर्न लागिएको धादिङ प्रहरीले जानकारी गराएको छ ।यस समयमा एम्बुलेन्स र सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधन बाहेक सबै सवारी साधनको आवागमन रोकिने छ ।

यस अवधिमा सबै चालकलाई लेन अनुशासन कायम राख्न, जथाभावी ओभरटेक नगर्न र वैकल्पिक मार्ग प्रयोग गर्न समेत प्रहरीले अनुरोध गरेको छ ।  काठमाडौंबाट नौबिसे निस्कन वा नौबिसेबाट काठमाडौं आउन वैकल्पिक मार्गका रूपमा अहिले यात्रुले धार्के–सितापाइला सडक प्रयोग गर्न सक्छन् ।---  


      


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend