Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

योगिनी एकादशी व्रत: पाप नाश भई पुण्य पाइने विश्वास  


सूचना कुण्ड
योगिनी एकादशी व्रत: पाप नाश भई पुण्य पाइने विश्वास  

काठमाडौँ, असार १८ : आषाढ कृष्णपक्षमा पर्ने योगिनी एकादशीको व्रत बस्नाले पाप नाश गर्ने विश्वास छ । यस दिनमा बिहान स्नान, प्राणायाम, सन्ध्यावन्दन गरी लक्ष्मीनारायण भगवान्को पूजा गर्नाले पुण्प्राप्त हुने जनविश्वास छ । हरिको दिन भएकाले खानुहुँदैन र यसोगर्दा शरीर स्वस्थ हुने धार्मिक विश्वास छ । कुवेरको सेवक हेममालीले शिव पूजा गर्न कुवेरलाई दैनिक फूल लैजाने गरेकामा एकदिन पत्नीको प्रेममा टाँसिएर फूल लिएर दरबारमा जान बिर्सिएकाले कुवेरले श्राप दिएको उल्लेख छ ।    
    
त्यही श्रापले हेममालीका दुर्दिन सुरु भएर रोग, भोकले युक्त भए, वनमा भड्किँदै हिँड्न बाध्य भए । हिमालय पर्वतमा मार्कण्डेय ऋषिबाट योगिनी एकादशीको व्रत गर्ने उपदेश पाए । त्यसको प्रभावले सबै रोग निको भएर गुमेको पद र स्त्रीप्राप्त हुन्छ भन्ने मार्कण्डेयबाट सुनेपछि हेममालीले भगवान् पुण्डरीकाक्ष अर्थात् विष्णुको यथोपचार पूजाअर्चना गर्री पञ्चामृत स्नान गराएर चरणामृत आफ्नो र परिवारका सबै सदस्यका अंगमा छर्के र आफूले पिएका थिए ।    
    
यस कर्मद्वारा कुष्ठ र चर्म रोगीको पीडा समाप्त हुने र रोगमुक्त हुन्छ भन्ने मानिन्छ । हेममालीले चन्दन, पुष्प, धूप, दीप, नैवेद्य आदि सामग्रीद्वारा पूजा गरेर प्रत्येक एकादशीका दिन विष्णु सहस्रनामको जप एवं भगवान् विष्णुको कथा सुने, परहिंसा त्यागे, कुनै किसिमको कुभलो चिताएनन्, यथासम्भव रातको समयमा जागरण गरे, भजन, कीर्तन एवं श्री हरिको स्मरण गरे ।    
    
 अन्त्यमा योगिनी एकादशी व्रतको यसरी विधिविधानपूर्वक पालना गरकाले सबै रोगव्याधिको अन्त्य भयो । मनमा आफन्तसित भिन्न भई बस्ने भावना हरायो र विछोड भएका वा छुट्टिएका परिवारजनँग मिलन भयो । त्यो हेममालीले सबै कर्म गरेर आषाढकृष्ण एकादशी योगिनीको व्रत अनुष्ठान गरेकाले रोग निको भएको, गुमेको मान र स्त्री प्राप्त भएको विश्वास गरिन्छ । त्यसैले सत्कर्ममा मन लगाई आँखाले प्रभुको दर्शन, कानले हरिकथा श्रवण, जिब्रोले प्रभुको कीर्तन गाउनु, नाकले प्रसाद सुँघेर लगाउनु, शिर प्रभुको चरणमा निहुराउनु, हातले मन्दिर सफा गरी प्रभुको पूजा र नमस्कार गर्नु, गोडाले तीर्थाटन र प्रभुको कथा भएको ठाउँमा जानु तव मनुष्य जीवन सफल हुन्छ भन्ने गरिएको हो ।    
    
 योगिनी एकादशीको व्रत बस्नाले ८८ हजारलाई भोजन गराए बराबर फल मिल्ने, यस कथालाई पढे वा सुनेमा पनि फल पाइने विश्वास गरिन्छ । विधिपूर्वक व्रतको पालना गर्नाले सबै पापबाट मुक्त हुने शास्त्रीय ग्रन्थमा उल्लेख गरिएको पण्डित बालमुकुन्द देवकोटाले बताउनुभयो ।    
---  


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend