Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

चट्याङ लागेर महिलाको मृत्यु   


सूचना कुण्ड
चट्याङ लागेर महिलाको मृत्यु   

    
बरहथवा (सर्लाही), असार १४: सर्लाहीमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ । चट्याङ लागेर गम्भीर घाइते भएकी बागमती नगरपालिका–१ की ६४ वर्षीया गोमा आले मगरको उपचारका क्रममा मृत्यु भएको हो ।    
    
 आज बिहान आफ्नै खेतमा काम गरिरहेको अवस्थामा मगर चट्याङ लागेर घाइते भएकी थिइन् । उनको उपचारका क्रममा पर्साको वीरगञ्जमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिनुभयो ।    
    
 यसैबीच, चट्याङबाट लालबन्दी नगरपालिका–१७ गैरी टोलका मङ्गल कामीको घरमा क्षति पुगेको छ । यस्तै बुधबार परेको चट्याङबाट ईश्वरपुर नगरपालिका–१३ र १६ का ६ घरमा क्षति पुगेको प्रहरीले जनाएको छ ।    


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend