Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

बाढीले एकै परिवारका चारजना बगायो: एकको मृत्यु, दुई बेपत्ता


सूचना कुण्ड
बाढीले एकै परिवारका चारजना बगायो: एकको मृत्यु, दुई बेपत्ता

    

मोरङ, असार१२ : मोरङ र सुनसरीको सिमानामा पर्ने बुढीखोलाको बाढीले एकै परिवारका चार जनालाई बगाएको छ ।    

 मंगलबार साँझ माछा मार्ने क्रममा सुन्दरहरैँचा नगरपालिका–५ का एकै परिवारका चारजना बगेकामा एकको मृत्युभएको छ । फुदनी भन्ने २२ वर्षीया प्रेमकला चौधरीको निधन भएको वडाध्यक्ष गणेश चौधरीले जनाकारी दिनुभयो ।    
    
यसैगरी बढीले बगाउँदा सो परिवारका दुईजना बेपत्ता छन् । बेपत्ता हुनेमा ६० वर्षीया असरादेवी चौधरी (सासू) र अन्दाजी २५ वर्षीया जेठी बुहारी फुला चौधरी रहेका छन् । माइली बुहारी २२ वर्षीया स्वस्तिका चौधरी सकुुशल रहेको वडाध्यक्ष चौधरीले बताउनुभयो ।    
---  


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend