Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

वैकुण्ठ अर्यालको योजना आयोगमा सरूवा, गड्तौलालाई निमित्त मुख्य सचिवको जिम्मेवारी


सूचना कुण्ड
वैकुण्ठ अर्यालको योजना आयोगमा सरूवा, गड्तौलालाई निमित्त मुख्य सचिवको जिम्मेवारी

काठमाडौँ, असार १०: भ्रष्टाचार आरोपमा विशेष अदालतमा मुद्दा दर्ता भएपछि स्वतः निलम्बनमा परेका मुख्य सचिव बैकुण्ठ अर्यालको राष्ट्रिय योजना आयोगमा सरूवा भएको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले अर्याललाई जगेडामा सरूवा गर्ने निर्णय भएको हो ।

उनी निलम्बनमा परेपछि निमित्त मुख्य सचिवको जिम्मेवारी लिलादेवी गड्तौलालाई दिइएको छ । गड्तौला प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयकी वरिष्ठ सचिव हुन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार मुख्यसचिव डा. बैकुण्ठ अर्याललगायत १२ जनाविरुद्ध अन्तशुल्क स्टिकर खरिदमा भ्रष्टाचार गरेको भनी विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।
---  


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend