Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

शिक्षक राती खोलामा माछा मार्न जाँदा...


सूचना कुण्ड
शिक्षक राती खोलामा माछा मार्न जाँदा...

सुर्खेत, असार ९ :  भारी वर्षाका कारण जाजरकोट कुशे गाउँपालिका–१ तारेचौर नजिक खोलामा माछा मार्न गएका एकजनाको मृत्यु भएको छ भने अन्य छजना घाइते भएका छन् । घाइतेको उद्धार पनि भएको छ ।    
    
शनिबार राति ११ बजे खोलामा माछा मारिरहेका बेला आएको बाढीले बगाउँदा कुशे गाउँपालिका–९ का इन्द्रबहादुर रोकायको मृत्यु भएको कुशे गाउँपालिकाका उपाध्यक्ष देविका सिंहले जानकारी दिनुभयो । मृतक रोकाय सोही पालिकाको मालटाकुरा माध्यमिक विद्यालयका शिक्षक हुनुहुन्थ्यो ।    
    
बाढीमा परी कुशे–४ तम्तीका राजेन्द्रबहादुर शाही, खिमबहादुर शाही, पृथ्वीबहादुर शाही, जीवन जैसी, कुशे –१ तारेचौरका गोविन्द रावत र दीपेन्द्रबहादुर चलाउने घाइते भएका उपाध्यक्ष सिंहले जानकारी दिनुभयो ।    
–––  


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend