Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

प्रकोप आउनु अगावै सर्टकोड ११५५ मार्फत जानकारी    


सूचना कुण्ड
प्रकोप आउनु अगावै सर्टकोड ११५५ मार्फत जानकारी    

काठमाडौँ, जेठ ३२: जल तथा मौसमजन्य विपद्जोखिमसम्बन्धी पूर्वसूचना प्रवाह गर्ने सम्बन्धमा नेपाल टेलिकम र जल तथा मौसम विज्ञान विभागबीच सम्झौता भएको छ ।    
    
 नेपाल टेलिकमको केन्द्रीय कार्यालयमा आज भएको सम्झौतापत्रमा नेपाल टेलिकमका तर्फबाट प्रबन्ध निर्देशक सङ्गीता पहाडी (अर्याल) र जल तथा मौसम विज्ञान विभागका तर्फबाट महानिर्देशक डा जगदीश्वर कर्माचार्यले हस्ताक्षर गर्नुभयो । सम्झौताअनुसार जल तथा मौसम विज्ञान विभागले विपद्सम्बन्धी पूर्वसूचना मोबाइल एसएमएसमार्फत प्रवाह गर्न नेपाल टेलिकमलाई आवश्यक जानकारी उपलब्ध गराउने छ ।    
    
 बाढी वा विषम मौसमजन्य विपद् जोखिमको पूर्वसूचना तथा तत्सम्बन्धी जानकारी अनुमानित क्षेत्रमा प्रकोप आउनु अगावै सर्टकोड ११५५ मार्फत ती क्षेत्रका मोबाइल फोनवाहकले प्राप्त गर्न सक्नेछन् ।    
    
 सम्झौताअनुसार वर्षा, हावाहुरी, चट्याङ, हिमपहिरो, हिमपात/हिमआँधी, तातो हावाको लहर (लू), शीतलहर, वायु प्रदूषण, घुम्रपान, बाढी, आकस्मिक बाढी, पहिरो, हिमताल विस्फोटन, डढेलो जस्ता विपद्हरुको पूर्वसूचना उपलब्ध गराइनेछ ।    
    
 यसका लागि नेपाल टेलिकमले जल तथा मौसम विज्ञान विभागलाई ‘सेन्ट्रल सर्भर’मा प्रयोग गर्न पहिलेदेखि छसय सिम उपलब्ध गराइरहेकामा अब थप एक सय सिम गरी सात सय थान सिम उपलब्ध गराएको छ । सिममा प्रतिमहिना तीन सय एमबी डाटा निःशुल्क उपलब्ध छ ।    
    
 नेपाल टेलिकमले विसं २०७३ सालदेखि यस प्रकारको सूचना प्रवाहका लागि आवश्यक सहयोग गरिरहेको छ । विभागले सम्प्रेषण गर्ने पूर्वसूचना सन्देशहरु विसं २०७३ सालदेखि अनवरत रुपमा निःशुल्क ‘मास एसएमएस सेवा’मार्फत सर्वसाधारणमा पु-याई विपद् जोखिम न्यूनीकरणका लागि अतुलनीय योगदान पु¥याएकामा नेपाल टेलिकमको भूमिकाको उच्च कदर गर्दै कदरपत्रद्वारा सम्मानित गर्दै आएको छ ।    
---  


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend