Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

ताप्लेजुङ पहिरो अपडेटः घाइते बुबा छोरीको उद्धार   


सूचना कुण्ड
ताप्लेजुङ पहिरो अपडेटः घाइते बुबा छोरीको उद्धार   


   
फुङ्लिङ (ताप्लेजुङ), जेठ ३२: ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–२ खेजिनिममा तिङ्दुमा गाउँमा गए राति पहिरोमा परी घाइते भएका बुबा छोरीको उद्धार गरिएको छ । घाइते ४० वर्षीय युगेन लिम्बू र उहाँकी तीन वर्षीया छोरी सिंवालाई उद्धार गरी उपचारका लागि जिल्ला अस्ताल भर्ना गरिएको छ ।    
    
 पहिरोमा पुरिएर फक्ताङलुङ–२ का ७० वर्षीय रामबहादुर साम्रा, ५१ वर्षीया जसमाया लिबाङ साम्रा तथा जुम्ल्याहा दिदीबहिनी १० वर्षीया गङ्गा र जमुनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवं सूचना अधिकारी कमलकुमार लुङ्गेलीले जानकारी दिनुभयो । मृतकहरु फक्ताङलुङ गाउँपालिकाका उपाध्यक्ष विकास साम्राका बुबाआमा र बहिनी हुन् । उनीहरु घरमा सुतिरहेका अवस्थामा गएराति करिब १ः३० बजे पहिरोमा परेका थिए ।    
    
 फुङलिङ नगरपालिका–१० मित्लुङ हाइड्रोपावर सुरक्षार्थ खटिएको नेपाली सेनाको टोली तथा जिल्ला प्रहरी कार्यालयबाट गएको टोलीले घाइतेको उद्धार गरेको हो । ढुङ्गा र माटोले बनेको जस्तापाताको छानो भएको दुई तलेघर माथिबाट झरेको पहिरोले पुरिएको थियो ।    


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend