Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

उद्धारको नमुना अभ्यासका क्रममा डुबेर प्रहरी जवानको मृत्यु  


सूचना कुण्ड
उद्धारको नमुना अभ्यासका क्रममा डुबेर प्रहरी जवानको मृत्यु  

  
   
बझाङ, जेठ२८ : विपद् व्यवस्थापनको खोज तथा उद्धारका लागि नमुना अभ्यास गर्ने क्रममा आज बझाङमा डुबेर एक प्रहरी जवानको मृत्यु भएको छ ।    
    
सदरमुकाम चैनपुर नजिकै सेती नदीमा नमुना अभ्यास देखाउने क्रममा सशस्त्र प्रहरी बलका जवान नरेन्द्रसिंह धामीको मृत्यु भएको हो । प्रहरी नायव उपरीक्षक भरत शाहका अनुसार केदारस्यूँ गाउँपालिका–७ खिकीरीका बासिन्दा समेत रहनुभएका उहाँको अभ्यासको क्रममा सेती नदीको बीच भागमा खसेर ज्यान गएको हो ।    
    
नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, जिल्ला रेडक्रस र नेपाली सेनाले आज यहाँ संयुक्तरुपमा प्राकृतिक विपदका बेला बाढीमा फसेकाहरुको उद्धार सम्बन्धि नमुना अभ्यास देखाएको थियो । सोही क्रममा धामी डुबेर बेहोस भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बेहोस भएका उनलाई जिल्ला अस्पताल लगिए पनि बचाउन भने सकिएन ।    


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend