Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

कपिलवस्तुको तिलौराकोट क्षेत्र विश्वसम्पदा सूचीका लागि प्रस्तावित


सूचना कुण्ड
कपिलवस्तुको तिलौराकोट क्षेत्र विश्वसम्पदा सूचीका लागि प्रस्तावित

 काठमाडौँ, जेठ २७: प्राचीन कपिलवस्तुको राजधानी तिलौराकोट पुरातात्विक क्षेत्रलाई विश्वसम्पदा सूचीमा सूचीकृत गर्न लुम्बिनी विकास कोषले मनोनयन दस्तावेज तयार गरी पेस गरेको छ ।    
    
सरकारको आर्थिक वर्ष २०७९/२०८० तथा २०८०/२०८१ को नीति तथा कार्यक्रममा तिलौराकोट पुरातात्विक क्षेत्रलाई विश्वसम्पदा सूचीमा सूचीकृत गर्ने प्रक्रिया अघि बढाउने उल्लेख गरिएअनुसार मनोनयन दस्तावेज तयार गरी पेस गरिएको कोषका सदस्य सचिव सानुराजा शाक्यले जानकारी दिनुभयो ।    
    
फ्रान्सका लागि नेपाली राजदूत सुधीर भट्टराईले गत वर्ष माघमा मनोनयन दस्तावेज संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक केन्द्र (युनेस्को) को विश्वसम्पदा शाखाका प्रतिनिधिलाई बुझाउनुभएको हो । फ्रान्सका लागि नेपाली राजदूतलाई युनेस्कोका निमित्त स्थायी प्रतिनिधिका रुपमा काम गर्ने जिम्मेवारी दिइएको हुन्छ ।    
    
प्राचीन कपिलवस्तुलाई विश्वसम्पदा सूचीमा सूचीकृत गर्न बुझाइएको उक्त मनोनयन दस्तावेजका विषयमा स्थलगत अध्ययन गर्न युनेस्कोको टोली आगामी अगस्ट महिनामा नेपाल आउने कोषले जनाएको छ । स्थलगत अध्ययन गरेपछि आगामी सेप्टेम्बर तथा नोभेम्बरसम्ममा प्राचीन कपिलवस्तु विश्वसम्पदा सूचीमा सूचीकृत भएको घोषणा हुने विश्वास गरिएको सदस्य सचिव शाक्यले बताउनुभयो ।    
–––    


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend