Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

सुनको मूल्य तोलामा चार हजारले घट्यो   


सूचना कुण्ड
सुनको मूल्य तोलामा चार हजारले घट्यो   


काठमाडौँ, जेठ २७: स्थानीय बजारमा पहेँलो धातुको मूल्य आज तोलामा रु चार हजारले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, छापावाला सुन आजका लागि प्रतितोला रु एक लाख ४१ हजार निर्धारण भएको छ । शुक्रबार छापावाला सुन तोलामा रु एक लाख ४५ हजारमा कारोबार भएको थियो ।    
    
 यस्तै तेजाबी सुन तोलामा रु एक लाख ४० हजार तीन सय निर्धारण गरिएको छ । शुक्रबार तेजाबी सुन प्रतितोला रु एक लाख ४४ हजार तीन सयमा कारोबार भएको थियो । त्यस्तै चाँदीको मूल्य तोलामा रु ७५ ले घटेको छ । शुक्रबार तोलामा रु एक हजार नौ सयमा कारोबार भएको चाँदी आजका लागि भने रु एक हजार आठ सय २५ निर्धारण भएको छ ।    
---  


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend