Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

‘कोगुलोमिटर’ उपकरण सञ्चालन नहुँदा हिमोफिलियाका बिरामी पहिचानमा समस्या   


सूचना कुण्ड
‘कोगुलोमिटर’ उपकरण सञ्चालन नहुँदा हिमोफिलियाका बिरामी पहिचानमा समस्या   

काठमाडौँ, जेठ२६ : प्रदेश अस्पतालमा उपलब्ध गराएको उपकरण सञ्चालन नआउँदा हिमोफिलियाका बिरामी पहिचान गर्न समस्या भएको छ । हिमोफिलिया सोसाइटी नेपालले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा दाताका सहयोगमा उपलब्ध गराइएका ‘कोगुलोमिटर’ उपकरण सञ्चालन नहुँदा हिमोफिलिया बिरामी पहिचान गर्न नसकिएको जानकारी दिइयो ।    
    
कोशी अस्पताल, चितवनस्थित भरतपुर अस्पताल, पोखरा स्वास्थ्य तथा विज्ञान प्रतिष्ठान र लुम्बिनी प्रादेशिक अस्पतालमा उपलब्ध गराइएको ‘कोगुलोमिटर’ उपकरण रिएजेन्टको अभावले सञ्चालन आएका छैनन् । मधेस र कर्णाली प्रदेशमा भने सञ्चालनमा आएका छन् । सुदूरपश्चिम प्रदेशका सेती प्रादेशिक अस्पतालले भने प्राविधिक अभावले उक्त उपकरण लैजान मानेको छैन ।    
राष्ट्रिय जनगणनाअनुसार चार हजार नौ सय ३७ हिमोफिलियाका बिरामी रहेको तथ्याङ्क रहेपनि अहिले पहिचान गरी उपचारमा आठ सय ७० जना बिरामी रहेको छन् ।    
    
अहिले काठमाडौँमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, त्रिवि शिक्षण अस्पताल, सिभिल अस्पतालमा हिमोफिलियाका बिरामीको पहिचान गर्न स्क्रीनिङ गरिन्छ । हिमोफिलियाको परीक्षणका लागि रु आठ सयदेखि दुई हजारसम्म लाग्ने गर्दछन् । रगत जमाउने आवश्यक तत्वको कमीको कारणले लामो समयसम्म रक्तस्राव भइरहेन अवस्थालाई हिमोफिलिया भनिन्छ । हिमोफिलिया एक वंशाणुगत समस्या हो भनेर पनि चिनिन्छ । मानव शरीरमा हुने रगतको १३ वटा तत्वमध्ये कुनै एउटा तत्वको कमीको कारण हिमोफिलिया हुन्छ । यो वंशाणुगत र कोषमा उत्परिवर्तन भएर पनि हुन्छ ।    
    
हिमोफिलिया प्रभावित व्यक्तिहरु चोटपटक लाग्न सक्ने स्थानबाट सकभर जोगिनुपर्ने हुन्छ । शरीरमा रगत जमाउने आवश्यक तत्वमध्ये कुनै तत्वको मात्रा एक प्रतिशतभन्दा कम भएका गम्भीर हिमोफिलिया, एकदेखि पाँच प्रतिशतसम्म भएमा मध्यम हिमोफिलिया र पाँच प्रतिशतभन्दा माथि भएका अल्प हिमोफिलिया भनिन्छ ।    
–––  


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend