Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

प्रधानमन्त्री दाहालसँग मेयर्स फोरमको छलफल   


सूचना कुण्ड
प्रधानमन्त्री दाहालसँग मेयर्स फोरमको छलफल   

काठमाडौँ, जेठ २५ :  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग काठमाडौँ उपत्यकाका नगरपालिकाहरूको साझा मञ्च मेयर्स फोरमका पदाधिकारीले छलफल गर्नुभएको छ ।    
    
प्रधानमन्त्रीले आयोजना गर्नुभएको छलफल काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापनमा सङ्घीय सरकार र स्थानीय सरकारको भूमिका र दायित्वका विषयमा केन्द्रित थियो । उक्त छलफलमा प्रधानमन्त्री दाहालले काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापनको समन्वय सङ्घीय सरकारले नै गरोस् भन्ने मेयर्स फोरमको सिफारिस बमोजिम लगानी बोर्डले त्यससम्बन्धी आवश्यक प्रक्रिया अगाडि बढाएको जानकारी गराउनुभयो ।    
    
प्रधानमन्त्रीले भन्नुभयो, “तपाईंहरूको फोरमले काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापनसम्बन्धी कामको समन्वय सङ्घीय सरकारले गरोस् भन्ने सिफारिस गरेको छ । सोहीअनुसार सरकारले लगानी बोर्डलाई यससम्बन्धी प्रक्रिया अगाडि बढाउन निर्देशित गरेको छ । लगानी बोर्डको बैठकमा यससम्बन्धी छलफल भई कार्यान्वयनमा अगाडि बढ्ने निर्णय भएको छ । अब यो काम तीव्रतामा अगाडि बढ्छ ।”   

चन्द्रागिरि नगरपालिकाका मेयर एवं फोरमका महासचिव घनश्याम गिरीले बैठकमा वित्तीय समानीकरण अनुदान,काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन,विद्युत् प्राधिकरणसँगको महसुल लगायतका विषयमा बैठकमा छलफल भएको जानकारी दिनुभयो । 
    
ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन, काठमाडौँ महानगरपालिकाका उपमेयर सुनिता डङ्गोललगायत काठमाडौँ उपत्यकाभित्रका नगरपालिकाका मेयर, उपमेयरको प्रतिनिधित्व रहेको बैठकले समन्वयका साथ फोहोर व्यवस्थापन गर्नेसम्बन्धी छलफल गरेको हो । सो अवसरमा ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले काठमाडौँ उपत्यकाका स्थानीय तहका काम कारवाही र समस्याका बारेमा जानकारी गराउँदै समस्या समाधानका लागि प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनु भएको थियो ।    
---  


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend