Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

अत्यधिक मादक पदार्थ सेवन गरी श्रीमतीसँग घरझगडा गरेपछि ...


सूचना कुण्ड
अत्यधिक मादक पदार्थ सेवन गरी श्रीमतीसँग घरझगडा गरेपछि ...

काठमाडौँ, जेठ  २३: काठमाडौँ महानगरपालिका–७ सरस्वतिनगरमा एक व्यक्तिले पेट्रोल छर्केर आगो लगाएपछि घाइते भएका पाँचजनाको कीर्तिपुर वर्न अस्पतालमा उपचार भइरहेको छ ।    
    
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले ५५ वर्षीय चञ्चलबहादुर सिंहले मादक पदार्थ सेवन गरी आफ्नै घरको कोठामा पेट्रोल छर्की आगो लगाउँदा घाइते भएका पाँच जनाको वर्न अस्पतालमा उपचार भइरहेको जानकारी दिनुभयो ।    
    
सिंहले अत्यधिक मादक पदार्थ सेवन गरी श्रीमतीसँग घरझगडा गर्ने क्रममा आगो लगाएपछि ५५ वर्षीय सिंह, ४४ वर्षीया उहाँकी श्रीमती विन्दु सिंह, २४ वर्षीया छोरी सुप्रिया सिंह, १६ वर्षीया छोरी समृद्धि सिंह र आठ वर्षीया छोरी सुहानी सिंह घाइते भएका थिए । घाइतेमध्ये आगो लगाउने सिंहको शरीरको १० देखि १२ प्रतिशत, श्रीमतीको पाँचदेखि सात प्रतिशत, छोरीहरू सुप्रियाको ५० देखि ५५ प्रतिशत, समृद्धिको ८० देखि ८५ प्रतिशत तथा सुहानीको १२ देखि १४ प्रतिशत भाग जलेको अस्पतालले जनाएको छ ।    
    
    
प्रहरी प्रवक्ता अधिकारीका अनुसार चावहिलस्थित आफ्नो तीनतले घरको तेस्रो तल्लामा बस्दै आएका सिंहल गए राति श्रीमतीसँगको घरझगडाका क्रममा आगो लगाएको बुझिएको छ । घटनाबारे आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।    
---  


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend